भक्तपुर । समुदाय प्रहरी साझेदारी आवधारणा अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुरले विहीबार जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्याथीलाई लागूऔषध नियन्त्रण सम्वन्धि प्रशिक्षण दिएको छ । कक्षा ८ र ९ मा अध्ययनरत ६० जना विद्यार्थीहरु र शिक्षकशिक्षिकाहरुलाई परिसरका प्रहरी निरीक्षक शशी शर्मा सचेतनामूलक स्कूल प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षण दिएको हो । परिसरले नियमित रुपमा जिल्लाका विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीलाई यस्तो प्रशिक्षण दिंदै आएको परिसरका सूचना अधिकृत दीपक पाण्डेले जानकारी गराए । प्रशिक्षणपछि प्रश्नउतर कार्यक्रम पनि भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments