संचारकर्मी सिङ्ग मोक्तानको शब्द अनि गायक राजकुमार दोङ र भ्वाईस अफ नेपाल –३ का प्रतियोगी सुजिता योन्जनको स्वरमा सजिएको तामाङ आधुनिक प्रेम गीत श्हेनुर बसी खला भिडियो सहित सार्वजनिक भएको छ । श्हेनुर शब्दको यस अघि अन्य गीतमा प्रयोग भएता पनि यस गीतमा कोशेली वा चिनोको भावमा प्रस्तुत गरेको शब्दकार मोक्तानले बताए । मोक्तान भन्छन,–म सकेसम्म तामाङ गीतमा खश भाषाको कम भन्दा कम प्रयोग होस भन्ने चाहान्छु । त्यसैले सकेसम्म गीत लेख्दा मैले तामाङ साहित्यिक शब्दहरु खोजीखोजी प्रयोग गर्ने गर्छु । कतिपय शब्दहरु त आफैँ बनाउँने कोशिष गर्छु । जुन कुरा मैले लेखेको गीत मायाला जोङमा पनि यहाँहरुले पाउँन सक्नुहुनेछ ।
गायक राजकुमार दोङकै संगीत रहेको यस गीतको ऐरेन्ज र मिक्सिङ बुद्ध स्याङबाले गरेका हुन । गीतको भिडियोमा प्रताप तामाङ र रितु घलानले अभिनय गरेका छन । भिडियो निर्देशन सुमन तामाङले गरेका हुन । गीतको भिडियो सुमन तामाङ अफिशियल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments