भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १२ औं बार्षिक साधरणसभा तथा छैठौँ अधिवेसनका साथै भक्तपुर मोबाइल व्यवसाय संघको पहिलो अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाली सिने जगतका वरिष्ठ कलाकार करिस्मा मान्नधरबाट गरियो । प्रमुख अतिथि करिश्मा मानन्धरले नेपाली कला क्षेत्र संगसंगै व्यवसाय पनि सुरु गरेको जानकारी दिनुभयो । उहाँले नेपालमा विभिन्न ब्रान्डका घरायसी सामान ल्याउँदै नेपाली बजारमा स्थापित हुने जानकारी दिनुभयो । साथै भविष्यमा व्यवसायीहरु मिलेर जानुपर्ने कुरा पनि जोड दिनुभयो ।
सभापति माधवप्रसाद प्रजापतिले संघ स्थापना पश्चात् भक्तपुरले इलेक्ट्रोनिक्स क्षेत्रमा ठूलो फड्को मारेको जानकारी दिनुभयो । त्यस्तै संघले विभिन्न सामाजिक गतिविधि लगायत सदस्य हितका गतिविधि संगै मोबाईल कमिटी गठन गरेको कुरा पनि जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मान्नधर, भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर, नेपाल मोबाइल ब्यवसाय महासघंका सचिव दिलबहादुर तामाङलगायत संघका सचिव रामप्रसाद खर्बुजा,  महासचिव चन्द्रभक्त श्रेष्ठ, कोषाध्यक्ष अल्बर्त बज्राचार्य र उपाध्यक्ष गंगाराम मानन्धरले बोल्नुभएको थियो । उद्घोषक रुकेश रञ्जितले संघको गतिविधिबारे प्रष्ट पार्नुभयो ।
अधिवेशनबाट भक्तपुर बिधुतीय सामग्री ब्यवसाय संघको अध्यक्षमा गंगाराम मानन्धरको नेतृत्वमा नयाँं कार्यसमिति तथा भक्तपुर मोबाईल ब्यवसाय संघको अध्यक्षमा श्यामसुन्दर नगरकोटीको नेतृत्वमा कार्यसमिति सर्बसमत गठन गरियो । साथै संघले अधिबेशनको अवसरमा संघको गतिविधिसहितको स्मारिका प्रकासन गरी संयुक्त बिमोचन पनि गरेको थियोे ।
...

All Comments.......


Please Login/Register To Comments