साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटीभञ्ज्याङ्गस्थित श्री ठूलो थकनी माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमबिच  विद्यालयलाई कुल १०४० वटा पुस्तक हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएको चर्चा गर्दे हस्तान्तरित किताबबाट ज्ञान बृद्धि गर्न सहयोग गर्ने विश्वास ब्यक्त गर्नु भयो  । साःफुले प्रदान गरेका पुस्तकहरुले बिद्यार्थीहरु एवं शिक्षकवर्गलाई पनि सहायता हुने आशा व्यक्त गर्नु भयो । साःफुका सचिव श्यामसुन्दर श्रेष्ठले पुस्तक संकलन कार्य र प्रक्रियावारे जानकारी दिनुहुँदै विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने सबैको प्रशंसा एवम आभार प्रकट गर्नु भयो ।  बिद्यालयका प्रिन्सिपल तिलकराजखत्रीले श्री ठूलो थकनी माध्यमिक बिद्यालयमा पुस्तकालय नभएकोमा दुःख व्यक्त गर्नु हुँदै काठमाण्डौ नजिकै भएर पनि बत्तीमुनिको अँध्यारो भइरहेकोमा गुनासो पोख्नु भयो । उहाँले साःफु, भक्तपुरले उपलब्ध गराएका बिभिन्न बिषयका किताबहरुले पाटीभञ्ज्याङ्गमा ज्ञानको उज्यालो छर्ने आशा ब्यक्त गर्नु भयो र पुस्तक सहयोगको लागि साःफु, भक्तपुरलाइ धन्यवाद दिनु भयो ।
साफ, भक्तपुर सबेकोलागि शिक्षा नारा सहित वर्षों देखी सामाजिक र शैक्षिक कार्यमा सक्रिय संस्था हो ।...

All Comments.......


Please Login/Register To Comments