काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी उपरीक्षक (एसपी) परिवर्तन भएका छन् । यसअघिका सरुवा भएसँगै जिल्ला नयाँ सिडियो र एसपी आएका हुन् ।
गृहमन्त्रालयले आधा दर्जन प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । जसमा मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई काभ्रे जिल्लाको जिम्मेवारी दिएको छ । काभ्रेका शिवराम पोखरेललाई मन्त्रालय तानिएका छन् ।
त्यस्तै नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । जसमा काभ्रेमा एसपी चक्रराक जोशीले अबको जिम्मेवारी सम्हाल्ने छन् ।
एसपी भुपेन्द्र बहादुर खत्री भने प्रहरी प्रधान कार्यालय जगेडापुल नक्सालमा सरुवा भएका छन् । प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नयाँ सिडियो जोशीको स्वागत र सोही दिन नै अर्का सिडियो पोखरेलको विदाइ हुने जनाएको छ ।...

All Comments.......


Please Login/Register To Comments