यज्ञबहादुर कार्की
आनन्दको परिभाषा खोज्नेहरु दुःखको बाहुपासमा बाँधिएर आनन्दलाई भगाउँदछन । उनीहरुलाई थाहा छैन कसरी दुःख हाँसीहाँसी नजिक आँउदछ ? भला अहिले भुलबस जे आनन्द हो भनी ठानिरहेछन, त्यही त भोलिका लागि दुःख हो । किन यो आज सुख ठानीरहेका छौउ ? भोलि दुःखमा परिणत हुनेछ जानिदैन । आनन्द त स्वरुप बदल्ने गरी देखा पर्दैन । सुखमात्र बेलाबेलामा स्वरुप बदल्दछ ।                           
म आफुलाई क्षणभर झुक्याउने सुखका पछि दौडिदिन । म त शाश्वत आनन्दको  खोजीमा तल्लीन छु । अरुले भेटेको आनन्द र मैले भेटेको आनन्दमा यही फरकपन छ । भलै मेरा लागि बेग्लै आनन्द होला ।  हेर त ?
आमाको काखमा बालख कति निर्भिक भएर आनन्दपूर्बक निदाउँदछ ? तर के तिमी अरुको काखमा त्यसरी निदाउन सक्द्छौउ ? मानौ तिमी निदायौ रे । ब्युँझदा आनन्द हराइसकेको हुनेछ । तर आमाको काखमा निदाएको बालख भने ब्युँझदा आमालाई नै खोज्द्छ । त्यहाँ वेग्लै आनन्द छ । उसका लागि, मानौ स्वर्ग खोजिरहेछ उ । जब आमाको काख पाँउदैन, मानौ स्वर्ग हराएको छ उसको लागि । त्यसैगरी प्रियको काखमा घन्टौ विमुग्ध भैरहदा सारा पिडाहरु सखाफ हुन्छ भन्ने मान्दछन प्रेमीहरु । तर व्यबिचारी स्त्रीमा कहाँ त्यो मान्यता बोक्छ्न र ? त्यो त क्षणभरमै बिषयुक्त्त हुनेछ । प्रेमलाई नबुझ्नेले आनन्दलाई बुझ्दैन । यदि बुझेको छ भने पनि त्यो गलत बुझाई हो । कहाँ प्रेमले केह्ी माग्दछ र ? आपसे आफ प्राप्त हुनेछ त्यहाँ तर नक्कली प्रेममा भने सबैचिज मागिन्छ । स्वार्थ पुरा भएपछि आपसे आफ त्यो टाढा हुन्छ र प्रेम हराउँदै जान्छ अनि त्यो दुःख र पिडामा परिणत भैहाल्दछ ।
पृय तिम्रो सहरमा कहाँ त्यो प्रेम छ र ? त्यहाँ त भोग्नका लागी गरिने अभिनय मात्र छ । बिभिन्न कलाकारको अभिनय हेरेर अब म दिक्क हुन थालीसकेको छु । अब गाँउमा पनि सहरी हावाले छोइसक्यो नक्कली प्रेमीहरुको जालमा फसेर उनीहरुको आनन्द हराइसक्यो । आऊ हामी पनि संगै अभिनय गरौ, अनि अभिनय सिकेर आईसकेपछि रिहर्सलको लागी एक अभिनय गरौ । पृय ठिक छ तर के यो सबैभित्र मेरो ईच्छा पुरा छ र ? म त तिमीलाई अघात माया गर्छु । तिमी त केहि पाउन तडपियौ र तिमीलाई चाहने पनि तडपिए होलान । तर तिमीलाई चाहेर पनि नपाएर  केही गुमाएर तडपिए होलान ? तसर्थ यो संसार पनि कसैको लागी पाउन र कसैको लागी गुमाउन बनेको हुनुपर्दछ  । पाउने खुसि हुन्छन । गुमाउने दुःखी  । यसरी नै द्दन्दमा यो संसार चलिरहन्छ । म संसार बुझ्दछु तर संसार मलाई बुझ्दैन । प्रेमको अभिनय सिक्नेहरु कहाँ आनन्दित भएर आए र  ? भला एकै क्षण सुखि जस्ता देखिए होलान ।
पृय तिमीले त्यो कुरा बुझिनौ भने तिमी पनि नक्कली प्रेममा झुक्किनेछौउ । या त तिमी त्यस्तै अभिनयको पात्र बन्नेछौउ । हेर त कस्ता कस्ता मोडलिङ्ग छानी रहेछन सौदर्यका पारखीहरु । उनीहरु त रुपका पारखीहरुलाई रुप र देहको सौदर्यतालाई अग्राधिकारमा राख्न दिई आफ्नो ब्यापारिक साधन बनाईरहेका छन  । मानौ त्यो सौदर्यभित्र रहेको दिललाइ मिसिन बनाइसकेका छन । कस्तो मनोरञ्जन चाहिएको हो उनीहरुलाइ ? पैसामा किन्न सक्दछन मनोरञ्जन उनीहरु । फेरी ठुला ठुला गफ गर्दछन उनीहरु । र ठुलै हदसम्म पहुँच पनि छ उनीहरुको । घेरीएका छन बिचरा ती सौदर्यका परिहरु अनि निरिह छन ती वालाहरु ।
म तिम्रो सहरमा पस्न चाहन्न पृय । न गाँउमै रमाउन सकेँ  । अब दुर्गन्धको हावाले व्याप्त गाँउ सहर छाइसक्यो । सहर र गाँउ छाडेर जंगल पस्ने इरादा पनि सार्थक छैन यो कालमा । जंगलमा पनि हिंसक प्रबृती व्याप्त छ । सहर पस्दा प्रेमको भाषा सिकाउने गर्छन प्रेमका पारखीहरु  । मलाई प्रेमको भाषा मन पर्न छाडी सक्यो अब मलाई प्रेमको भाषा न सिकाउ ।
म प्रेमको दिव्यता लिएर तेश्रो लोकमा जान चाहन्छु । तर दैवगत तिम्रो र मेरो भेट हुने छैन त्यतिखेर पनि । यदि भै हालेछ भने पनि जसले निर्णय गर्छ, त्यसले प्रेम थियो भनेर मान्दैन  र भुल सुधार गर्न पनि पाईदैन । फेरी तिमीलाई दुःखै हुनेछ । त्यसैले म प्रेमको परिभाषा खोजीरहन्न । मैले संगत गरेका मानीसहरु कति घटिया छन । कति बढिया, मैले हिसाव किताप राखेको छैन  । पृय म के जान्दछु भने मानव भेषमा दानवहरु छन तिम्रा वरिपरि । बस तिमी बच उनीहरुबाट । यतिमात्र म भन्दछु । म  टाढा हुन चाहन्छु  उनीहरुबाट  । मेरा ईश्वर मलाई परख गरी गरी उतार्न चाहन्छन परिक्षाबाट । म  उनको त्यो दयालुपनको  उनको , त्यो करुणा पुर्वक हेराईको कहाँ बिस्मरण गर्न सक्छु र ? युगौ पुरानो उनको र मेरो  प्रेमको त्यो नाता कहाँ टुटन सक्छ र ? वहा भन्नुहुन्छ  म तिम्रो लागी वास्तविक प्रेमको पात्री पठाई दिनेछु अनि प्रेमको नभेटिएको  परिभाषा प्राप्त हुनेछ अनि त्यो अरु भन्दा  भिन्न  हुनेछ ।


...

All Comments.......


Please Login/Register To Comments