काठमाडौं । नेपाली शान्ति सैनिकद्धारा लेबनानमा महत्वपूर्ण जनहित कार्य भएको छ । सयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी लेबनानमा तैनाथ बर्द बहादुर गणले नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा कृषि पोखरी तथा सार्बजनिक उद्यानको निर्माण सम्पन्न गरी स्थानीय नगरपालिकालाई हस्ताततरण गरेको छ ।
मिसन प्रमुख तथा फोर्स कमाण्डरको प्रतिनिधित्व गदै पूर्वी क्षेत्रका सहायक कमाण्डर रथी रमोन अरमाडा भेजक्वोज, नेपाली सेनाका वरिष्ठ अधिकारी महासेनानी कमल वााँनया र नगर प्रमखु हसन हहजाजीले संयुक्त रुपमा परियोजनाको समुदघाटन गरेका हुन । लेबनान शान्ति मिसनको सबैभन्दा संवेदनशील नगरपालिकाको स्थानीय निकाय तथा समुदायसंग प्रगाढ सम्बन्ध विस्तार गने उद्देश्यले परम्परागत कृषि पेशालाई टेवा परयाउन आवधिक वर्ष २०७५÷७६ को लागि उक्त परियोजना छनौट गररएको भएता पनि कोभिड–१९ र लेबनानको चरम आर्थिक मन्दीका कारण २०७७÷७८ मा बर्द बहादुर गणले नेपाली सेनाको पूर्व विनियोजित बजेट अमेरिकी डलर ३१ हजार दुई सयबाट निक्कै चुनौैतीपूर्ण ढंगले उक्त कार्य सम्पन गरेको सैननक स्रोतले जनाएको छ ।
समुद्घाटन कायथक्रममा नगर प्रमुखले नेपाली सेनाको सहयोग तथा सद्भावको लागि आभार व्यक्त गनुको साथै कृषि पोखरीले अर्तराष्ट्रियस्तरमै व्लिदाको जैतुन वालीलाई सुरक्षित गर्न ठुलो मदत पुग्ने र उक्त पररयोजनाले नेपाली शान्ति सैनिक र स्थानीयहरुवीचको सम्वन्ध र आपसी सदभावलाई थप मजबुत बनाउने उल्लेख गरेका थिए ।
नेपाली सेनाका महासेनानी कमल बाननयाले उक्त पररयोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुनुको साथै नेपाली शान्ति सैनिकहरुले स्थानीय निकाय र लेबनानी सैनिकहरुसंग निरतन्र समन्वय, सहयोग र सहकार्यको प्रयासबाट समुदायसंग सौहदथपुर्ण सम्बन्ध राख्न सफल भएको बताएका थिए ।
सहायक रथी रमोनले दक्षिणी लेबनानमा शान्ति र स्थायीत्व कायम राख्न नेपाली शान्ति सैनिकले गरेको प्रयास र हालसल गरेका उपलव्धिहरुको प्रशंसा गदै यस पररयोजना समग्र शान्ति सैननकहरु र स्थानीयहरुबीच स्थाािपत आपसी सहयोग र सहकार्यको अनुपम उदाहरण भनी प्रशंसा गरेको सैनिक स्रोतले जनायो । नेपाली सेनाले सन ् १९५८ देखी लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागी हुन शुरु गरेकोले लेबनानको शान्ति मिशन नेपाली सेनाको ऐतिहासिक मिशनको रुपमा मानिन्छ । हाल त्यहा कायथरत बर्द बहादुर गणले दक्षिणी लेबनानको शान्ति र स्थायीत्व कायम राख्न उच्चस्तरको व्यवस्थापनको प्रदर्शन गदै महत्वपूणथ अपरेशनल उपलन्व्िहरु हालसम्म गनुको साथै प्रभावकारी जनहितका कार्यहरुदरा स्थानीय समुदायहरुसंग सुमुधर सम्बन्ध कायम राख्न सफल भई नेपाली सेनाको प्रतिष्ठा बढाएको सैनिक स्रोतले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments