काठमाडौं । पशुपती अन्नपुर्णा आश्रमको साधारण सभा कावा अध्यक्ष लब प्रसाद त्रिपाठीको अध्यक्ष तथा कल्की आश्रम मौन बाबाको प्रमुख आतिथ्यमा साधारण सदस्यहरुका साथ सम्पन्न भयो । सभामा प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा डा जगदिश वैद्यलाई पशुपती अन्नपुर्णा आश्रमलाई यहासम्म ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा व्यापक रुपमा जान पहिचान गराएकोमा हार्दिक बधाई तथा धन्यवाद दिदै सभा शुरु भएको थियो ।सभामा सबै किसिमका पदाधिकारी उपस्थिती थियो । कार्यक्रम सन्चालन गर्दै आश्रमका मनोनित उपाध्यक्ष के बि सम्राटले उपस्थित सबै किसिम तह तप्काका सफस्यहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा लेखा प्रतिवेदन साधारण सभा सन्योजक गिण राज दाहालले सुनाउनु भएको थियो भने आर्थिक प्रतिवेदन, कावा अध्यक्ष प्रतिवेदन तथा वार्षिक भावी योजना तथा विधान सन्शोधन का वा अध्यक्ष एव साधारण सभाध्यक्ष प्राडा लब प्रसाद त्रिपाठिले वाचन गरि सबैलाई सुनाउनु भएको थियो । सबै प्रतिवेदन साधारण सभाबाट पारित भएको थियो भने केन्द्रिय कार्यसमिती भङ्ग भइ नयाँ केन्द्रिय कार्यसमिती चयन छ । नयाँ केन्द्रिय कार्यसमिती अनुसार अध्यक्षमा के बि सम्राट, उपाध्यक्षमा सुमन मल्ल,महासचिवमा गिणराज दाहाल, कोषाध्यक्षमा राजेन्द्रमान डङ्गोल र सचिवमा अन्जना चाकुवजि शाह सर्वसम्मत निर्वाचित भएका छ्न । यस्तै सदस्यहरुमा प्रा डा ई पदम लाल महर्जन, प्रा डा कमला महर्जन, मुक्ती श्रेष्ठ, माता भद्रकाली, करुणा मैनाली र सावित्री श्रेष्ठ निर्वाचित भएका छन । एक सदस्यीय निर्वाचन समितिका निर्वाचन अधिकृत अधिवक्ता भुवन थापाले निर्वाचन गरि निर्विरोध निर्वाचित पदाधिकारीको नतिजा सार्वजनिक गर्नुभएको थियो । सभामा प्रमुख संरक्षक, संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारको मनोनित हुने विधान संशोधन गरिएको थियो भने संरक्षक प्रा डा लब प्रसाद त्रिपाठिलाई निर्वाचन अधिकृत अधिवक्ता भुवन थापाले सपथ गराउनु भएको थियो । यस्तै निर्वाचित अध्यक्ष के बि सम्राटलाई संरक्षक प्रा डा लब प्रसाद त्रिपाठिले सपथ गराउनु भएको थियो भने अध्यक्ष के बि सम्राटले निर्वाचित अरु पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो । शुभकामना मन्तब्यको क्रममा स्वतन्त्र पत्रकार संघ नेपालका भक्तपुर शाखा अध्यक्ष डा. इन्दुल के सि ले भङ्ग भएका समितिलाई धन्यवाद दिदै नयाँ समितीका सबै पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो भने कार्यक्रम अति नै सभ्य र भब्य रुपमा सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । मन्तब्यको क्रममा पुर्व महासचिव प्रा डा इन्दिरा जोशीले नयाँ कार्यसमितिलाई सफल कार्यसफलताको शुभकामना दिदै प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा डा जगदिश वैद्य लगायतका निवर्तमान समितिलाई हार्दिक धन्यवाद दिनुभयो । शुभकामना मन्तब्यको क्रममा आश्रमका धार्मिक समितीका संरक्षक प्राध्यापक निलकण्ठ अमात्यले सह प्राध्यापक के बि सम्राटको अध्यक्षतामा बनेको नयाँ समितिलाई हार्दिक बधाई तथा शुभकामना दिदै आश्रमलाई आवश्यक सहयोग गर्न कहिल्यै पछि नहट्ने बताउनुभयो । यस्तै आश्रमका कर्णाली प्रदेश प्रमुख हिराचन्द्र बरालले विभिन्न सन्जालमा प्रसारण भएका समाचार अनुसारको लेखापरीक्षण नहुदाको प्रश्न गर्नुभएको थियो भने बागमती प्रदेश प्रमुख डा मन्जुश्री प्रधानले कावा अध्यक्ष ज्युले आमन्त्रण नगरेकोमा खेद प्रकट गर्नुभएको थियो भने आश्रमका युवासमिती प्रमुखले आश्रममा के पाउछु भनेर होइन के दिनुपर्छ भनेर आउनु आध्यात्मिक चिन्तनशिल हुनु हो । पद र आशा लिएर संस्थामा आउनु र केही नपाए गुनासो गर्नु आफ्नोपन भएको जिकिर गर्नुभयो । निवर्तमान केन्द्रिय सदस्य सरला खड्काले कावा अध्यक्षलाई धन्यवाद दिनुपर्नेमा नदिएकोमा दुख व्यक्त गर्दै निर्वाचित समितिलाई सहयोग गर्ने भावनाकासाथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्तै आश्रमका महाप्रबन्धक उपेन्द्र कड्काले कावा अध्यक्षलाई हामी कर्मचारिहरुलाई धन्यवाद नदिदा दुख लागेको बताउदै नयाँ समितिकासाथ होस्टमा हयस्ट गर्ने छु भनी प्रतिवद्दता ब्यक्त गरि शुभकामना दिनुभयो । सभाका प्रमुख अतिथि कल्की आश्रम मौन बाबाले लेखेर निवर्तमान समितिलाई धन्यवाद दिदै निर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकाल्को शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सभाध्यक्ष निवर्तमान कावा अध्यक्ष प्रा डा लब प्रसाद त्रिपाठिले सोधिएका प्रश्नहरुको जवाफ दिदै निर्वाचित सबै किसिमका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरि उपस्थित सबैलाई चियापानको आग्रह गर्दै साधारणसभाको समापन गर्नुभएको थियो । सभाको अन्त्यमा उपस्थित सबैले फोटो सेसन गरेका थिए भने निर्वाचित समितिका पदाधिकारिहरुले निवर्तमान समितिलाई धन्यवाद प्रस्ताव पारित गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments