निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) काठमाडौँ, ललितपुर र भक्तपुरले ज्ञापन–पत्र जारी गरी सोमबार प्रमुख जिल्ला अधिकारीहरुलाई बुझाइएको छ ।
बुझाइएको ज्ञापनपत्र
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू
जिल्ला प्रशासन कार्यालय
दरवारक्षेत्र, भक्तपुर
कोभिड–१९को प्रकोपबाट शिक्षा क्षेत्र पनि निकै नराम्रोसँग प्रभावित भएको छ । शैक्षिक गतिविधिलाई वैकल्पिक विधिबाट अगाडि बढाउने प्रयास भएतापनि गरिब तथा पिछडिएका वर्ग प्रविधिको पहुँचभन्दा बाहिर रहेकाले सोको असर समग्र शिक्षा प्रणाली मै देखियो । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा देश विकासको लागि अवरोध सिर्जना ग¥यो । नेपाल सरकारले विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहको खोप कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षक कर्मचारीहरूलाई प्राथमिकता राखेर खोप दिने कार्य सम्पन्न भएकोमा नेपाल सरकार र सम्बन्धित निकायप्रति हामी आभार व्यक्त गर्दछौँ । त्यसका लागि अहोरात्र खटिनु हुने नेपाल सरकारका कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज, सुरक्षाकर्मी, पत्रकार, विद्यालयका शिक्षक, शिक्षिका एवंम् अन्य सहयोगी लगायत सम्पूर्ण नेपाली जनतालाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । यस अवधिभर कोभिड–१९ को कारणले दिवंगत हुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्दछौँ ।
कोभिडको समस्यासंग जुझ्न तथा सरकारको योजनालाई सहयोग पु¥याउन एवम् सामाजिक उत्तरदायित्व बहनका निम्ति जिल्ला प्याब्सन भक्तपुरले विगतमा र हाल पनि कोभिड राहत तथा सहयोग कोष स्थापना गरी निम्नानुसारको प्रयासहरु गर्दै आइरहको विनम्रतापूर्वक अवगत गराउन चाहन्छौँ ।
 क) सदस्य विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई घरमै निःशुल्क पि.सि.आर परीक्षण ।
 ख) संक्रमित शिक्षक तथा कर्मचारीहरुलाई अवस्था अनुरुप आर्थिक सहयोग
 ग) अक्सिजन वितरण कार्यमा सहजीकरण
 घ) निःशुल्क अनलाइन डाक्टरी परामर्श सेवा
 ङ) कोभिडको कारण आमा वा वुवा तथा श्रीमान वा श्रीमतिको निधनमा आर्थिक सहयोग
 च) विविध आइसोलेसन केन्द्र, अक्सिजन प्लान्टहरु निर्माणका निम्ति आर्थिक सहयोग
 
विविध सामाजिक संघसंस्थासंगको सहकार्य
 छ) निःशुल्क एम्वुलेन्स सेवा सञ्चालन
 ज) जिल्लाका चारवटै नगरपालिका अस्पतालहरुमा अक्सिजनसहितको सिलिन्डर वितरण
 झ) चाँगुनारायण नगरपालिकासंगको समन्वयमा आइसोलेसन सेन्टर सञ्चालन
 ञ) डक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुको लागि निःशुल्क क्वारेन्टिनको व्यवस्थापन
 ट) प्रविधिको उपयोग गरी कोभिड सचेतना कार्यक्रम सञ्चालन
 ठ) जनचेतनामूलक सन्देश सहित गाडिबाट माइकिङ कार्यक्रम
 ड) बन्दाबन्दीको अवस्थामा समेत सप्ताहव्यापी रक्तदान कार्यक्रम

    हाल कोभिडको तेस्रो लहरको क्रममा पनि जिल्ला प्रशासन कार्यालयले सञ्चालन गर्दै आइरहेको नागरिक सचेतना तथा मास्क अभियानलाई सहयोग गर्न एवम् कोभिड संक्रमण न्यूनिकरणका निम्ति प्याब्सन, भक्तपुर जिल्ला अन्र्तगत सदस्य रहेका सयभन्दा बढि विद्यालयहरुले नागरिक सचेतना एवम् निःशुल्क मास्क वितरण अभियान तीब्रता साथ आ—आफ्नो विद्यालय अगाडि तथा वरपरको क्षेत्रमा निरन्तर सञ्चालन गरीरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ ।  

श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू
 प्रस्तुत विषयमा, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रविधि मन्त्रालयले मिति २०७८÷०९÷२६ मा जारी गरेको ओमिक्रोन भेरियन्ट र त्यसले आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा पार्न सक्ने गम्भीर प्रभाव, १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीहरूलाई खोप कार्यक्रम र उक्त आदर्श लक्ष्य प्राप्तिका लागि वार्षिक बिदामा मिलान हुने गरी २०७८ पौष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बिदा दिने सि.सि.एम.सि.को सिफारिस तथा गृह मन्त्रालयको निर्णयको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपूर र भक्तपूरबाट जारी आदेशप्रति हाम्रो सकारात्मक ध्यानाकर्षण हुनुका साथै विद्यालयहरुले पनि उक्त निर्देशनलाई पालना गरेको व्यहोरा अवगत गराउँदछौँ । यद्यपि आजको दिनसम्म पनि भौतिक रुपमा विद्यालय सञ्चालन हुन नसकेकोप्रति हाम्रो चिन्ता जाहेर गर्दछौँ ।
     विगत २ वर्षभन्दा लामो समयदेखि पटक पटक विद्यालयहरु सञ्चालन नहुँदा लाखौँ विद्यार्थीहरू प्रभावित भएको र पढ्न पाउनु पर्ने उनीहरूको बाल अधिकार हनन हुनुका साथै यसबाट उनीहरूमा मानसिक, सामाजिक, मनोवैज्ञानिक र साँस्कृतिक विचलन आउन सक्ने कुरालाई नजरअन्दाज गरियो भने यसले भोलिको दिनमा हामीले कल्पना पनि नगरेको स्थितिमा नपुगिएला भन्न सकिँदैन ।
   आम विद्यार्थीहरूलाई घरमा राख्दैमा कोरोना भाग्छ भन्ने कुरामा हाम्रो गम्भीर असहमति रहेको कुरा पनि यहाँहरू समक्ष राख्न चाहन्छौँ । नेपाल सरकारले बालबालिका संक्रमित हुन नदिन विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएतापनि विद्यालय मात्र बन्द भएर अन्य सम्पूर्ण क्षेत्र निर्वाध खुल्ला रहँदा आमाबुवा विविध जीवनयापनका कार्यहरुमा व्यस्त रहने भएकाले विद्यार्थीहरु टोल, छिमेक, पार्क, जात्रा, बजारमा असुरक्षित रुपमा खेल्ने, घुम्ने गर्दा सरकारको उद्देश्य व्यवहारिक रुपमा पूर्ति नभएको यथार्थ हामीमाझ छर्लङ्ग छ ।  सावधानी र अनुशासनको आधारमा नानीबाबुहरू विद्यालयमा नै बढि सुरक्षित हुन्छन् भन्ने कुरा विश्व परिवेशमा विश्व स्वास्थ्य संगठन (ध्ज्इ), यूनिसेफ र विभिन्न संघसंस्थाद्वारा गरिएको अनुसन्धानले समेत पुष्टि गरिसकेको छ ।

           कोभिड–१९ को कारणले भएको दुईदुई पटकको लकडाउनमा विद्यालय बन्द भएको र सो अवस्थामा वैकल्पिक माध्यमबाट मात्र पठनपाठन भईरहँदा प्रविधिमा पहुँच नभएका धेरै विद्यार्थीहरु शैक्षिक गतिविधिमा सहभागी हुन नसकेकोले शैक्षिक स्तरमा अपूरणीय क्षति भएको कुरा हामीबाट लुकेको छैन भने  इन्टरनेट, फेसबुक, अनलाइन गेम तथा च्याट आदिले विद्यार्थीहरूको सामाजिकीकरणमा क्षय, मानसिक र भावनात्मक रुपमा पारेको नकारात्मक प्रभाव र स्वास्थ्य जटिलताका विषयहरू अत्यन्त गम्भीर बन्दै गएको छ । यसर्थ, यी कुराहरूलाई हटाउन विद्यालयहरू स्वास्थ्यका मापदण्ड अपनाई भौतिकरूपमै अबिलम्ब सञ्चालन गर्नुको अर्काे विकल्प छैन । देशको समग्र शैक्षिक प्रणालीको प्रभावकारीता, आवश्यकता एवम् विद्यार्थीहरुको शैक्षिक भविष्यका निम्ति काठमाण्डौ उपत्यकाभित्रका सम्पूर्ण जिल्ला प्याब्सन तथा नगर प्याब्सनको तर्फबाट सुझाव तथा मागहरु श्रीमान् समक्ष प्रस्तुत गर्दछौँ ।

हाम्रा सुझाव तथा मागहरूः
१.     नेपाल सरकारद्वारा सञ्चालित १२ वर्षभन्दा माथिका बाँकी विद्यार्थीहरूलाई लगाउने खोप अभियान २०७८ माघ मसान्तभित्रमा सबै विद्यालयहरूमा सम्पन्न हुनुपर्ने । साथै पहिलो खोप लगाइसकेका विद्यार्थीहरुलाई समयमै दोस्रो खोपको व्यवस्था गर्ने ।
२.     नेपाल सरकारले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरूका लागि कोभिड विरुद्धको खोप लगाउन पहल भैरहेकोमा उक्त खोप २०७८ फागुन महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने ।
३. न्यून आर्थिक स्तर भएका बालबालिकाहरूले अनलाइन कक्षाका लागि मोबाइल वा अन्य डिभाइस व्यवस्था गर्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीहरूलाई विद्यालयको सिफारिसमा मोबाइल÷ल्यापटप खरिदमा नेपाल सरकारले अनुदान दिनुपर्ने र इन्टरनेट सुविधा निःशुल्क उपलब्ध गर्नुपर्ने ।
४.     शैक्षिक संस्थाहरूलाई सञ्चालन गर्ने सम्बन्धमा सङ्घीय सरकारले यो अधिकार स्थानीय निकायहरूलाई प्रत्यायोजन गर्दा समस्या समाधानको सहज उपायहरू निस्कने भएकाले सो अधिकार सोझै केन्द्र सरकारले भन्दा पनि ऐन नियम अनुसार स्थानीय निकायहरूलाई दिने ।
५. विद्यालयमा भौतिक कक्षाहरू बन्द हुँदा काम गर्ने श्रमजीवी अभिभावकज्यूहरू आफ्ना छोरा÷छोरीको स्याहारसुसारको लागि घरै बस्नु पर्ने बाध्यता भएकोले रोजगारी, आय दुवै गुम्ने र त्यसको प्रत्यक्ष असर आर्थिक रूपमा पर्ने भएकाले सोको बारेमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने ।
६.     राज्यले बाल अधिकारको चार्टरमा हस्ताक्षर गरी बाल अधिकारप्रति प्रतिबद्धता जनाई सकेको अवस्थामा सम्पूर्ण बालबालिकाको पढ्नलेख्न पाउनु पर्ने अधिकार नेपाल सरकारबाट सुनिश्चित हुनुपर्ने ।
७.     विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई कोभिड विरुद्धको खोप÷बुष्टर डोज अविलम्ब उपलब्ध गराउनु पर्ने ।
८. विद्यार्थीहरूलाई अभिभावकको सम्पर्कबाट पनि कोभिड संक्रमण हुने सम्भावना रहेको हुँनाले कोभिड–१९को खोप नलगाएका अभिावकहरूको लगत तयार गरी अनिवार्य रूपमा खोपको व्यवस्था हुनुपर्ने ।
९.    नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी आदेश अनुसार २५ जना विद्यार्थीहरूभन्दा कम भएका जुनसुकै कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न अनुमति दिनुपर्ने ।

राष्ट्रिय शिक्षा नीति २०७६ को १०.२३ अनुसार नेपाललाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र बनाउने नीतिलाई प्याब्सनको भरपुर सहयोग रहने कुरामा प्रतिबद्ध छौँ । देशलाई आवश्यक पर्ने मानव संसाधन उत्पादन गर्ने देश विकासको मेरुदण्ड शिक्षा क्षेत्र कोभिड–१९ कारणले ध्वस्त भएको परिप्रेक्ष्यमा नेपालको शिक्षालाई पुर्नजिवित एवम् नियमित गर्न माथि उल्लेखित हाम्रा मागहरू समावेश गरी यो ज्ञापन–पत्र पेश गरेका छौँ । व्यापार व्यवसाय, सञ्चार, यातायात, बैँक वीत्तिय संस्था लगायत हाम्रा सामाजिक जीवनका सम्पूर्ण अवयवहरू निर्वाध रुपमा सञ्चालन भैरहको तर शिक्षा क्षेत्र मात्र बन्द हुनुले सामाजिक न्यायमाथि कुठाराघात भएको महसुस गर्दै देशको भविष्य निर्माता शिक्षालयहरू भौतिक रुपमै सञ्चालन हुनुपर्ने अधिकांश विद्यार्थीहरु एवम् अभिभावकहरूको मनसाय एवम् सुझाब रहेकोले उक्त कुरा यथाशिघ्र कार्यान्वयन गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्पmत गृह मन्त्रालय, शिक्षा तथा प्रविधि मन्त्रालय, सि.सि.एम.सि र नेपाल सरकारलाई जोडदार माग गर्दछौँ ।  
शैक्षिक उन्नयन तथा विकासका निम्ति जिल्ला प्रशासन कार्यालय, भक्तपुरसंग सहकार्य गर्न जिल्ला प्याब्सन, भक्तपुर सदैव तत्पर रहेको निवेदन गर्दछौँ ।

...

All Comments.......


Please Login/Register To Comments