भक्तपुर, १८ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बधस्थलहरु अनुगमन गरियो । अनुगमनमा बधस्थल न्युनतम पूर्वाधार समेत तयार नगरी बधस्थल खोलेको, फोहर देखिएको र मासुहरु हाइजेनिक नभएको बताउनुभयो ।
अनुगमनमा बर्खेमा रहेको राम बहादुर खर्बुजाको बधस्थल व्यवस्थित र सफा गर्नुपर्ने, भुँई भित्ता सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्नुपर्ने, टेबुलमा रहेको फलामको पाटा पुरै खिया परेकोले फेर्नुपर्ने वा खिया नलाग्ने प्रयोग गर्नुपर्ने, टहराको जस्ता समेत खिया परेर प्वालै प्वाल भई सकेको पानी चुहिने भएकोले टहरा पनि व्यवस्थित गर्नुपर्ने, एप्रोन सफा र सेतो प्रयोग गर्ने साथै पसल दर्ता गर्न निर्देशन दियो भने न्युनतम पूर्वाधार समेत तयार नगरी बधस्थल खोलेको देखिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
जय शुभकार्य मिट सप तीन दिन भित्र नविकरण गर्न, फोहर सिधै खोलामा पठाएको देखिएकोले नपठाउन र फोहर पानी समेत उपचार पछि मात्र खोलामा पठाउन, एप्रोन सेतो र सफा प्रयोग गर्ने, राँगो बधस्थल गर्ने स्थान जीउँदो राँगोले नदेख्ने गरी राख्ने, मुल्य सुचि राख्ने, तराजु नापतौल विभागमा नविकरण गर्ने, सरसफाईमा ध्यान दिने र भुँई भित्ता सफा गर्न मिल्ने गरी मार्वल र टायल राख्ने र बधस्थल व्यवस्थित नभएकोले तीन दिन भित्र उपस्थित हुन निर्देशन दियो ।
परेदेशी भिमसेन मिट सपले बिना दर्ता मासु पसल र बधस्थल समेत खोली राखेकोमा बधस्थल बन्द गर्ने गरी पसल मात्रै त्यहीं स्थानमा दर्ता गराई, यदि बधस्थल संचालन गर्ने भए दर्ता गरीमात्र संचालन गर्न निर्देशन दियो भने मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, भुँई भित्ता सफा गर्न मिल्ने गरी मार्वल वा टालय राख्न र एप्रोन सेतो र सफा प्रयोग गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल, उद्योग बाणिज्य संघ भक्तपुरका बिश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघ भक्तपुरका लक्ष्मी प्रसाद कवाँ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रेशम बहादुर कार्की सहभागी थियो ।


...

All Comments.......


Please Login/Register To Comments