भक्तपुर । ख्वप मा.वि., ख्वप कलेज र शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच ‘आजको भारत ः भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तकबारे मगलबार अनलाइन अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अमेरिकी साम्राज्यवादको आडभरोसामा भारतीय एकाधिकार पुजी र विस्तारवादले दक्षिण एसियाका देशहरूमा थिचोमिचो र हस्तक्षेप गर्दै आएको स्पष्ट पार्नुभयो ।
उहाले भन्नुभयो, “भारतको मोदी सरकारले नेपालको भूमि गुञ्जी र लिपुुभञ्ज्याङ अतिक्रमण गरी सडक बनाएको र लिम्पियाधुराको नेपाली भूमि समेटेर भारतले नया“ नक्सा तयार गरेको पनि अमेरिकी साम्राज्यवादको आडभरोसामै हो ।”
“दार्चुलामा महाकाली नदीको झन्डै ५ मिटरसम्म अतिक्रमण गरेर हालै भारतले तटबन्ध निर्माण गरेको पनि अमेरिकी साम्राज्यवादको आडभरोसामा हो । महाकाली नदी अतिक्रमण गरेर भारतले बनाएको यो तटबन्धको कारण आउदो वर्षामा नेपालतर्फ महाकाली नदी सर्ने र ठाउ–ठाउमा डुबान हुने खतरा छ”, उहाले भन्नुभयो ।
अपराधी एकअर्को देशमा लुक्ने, सीमा तस्करी, चेलीबेटी बेचबिखन, सीमा समस्या, नागरिकता समस्यालगायत नेपाल र भारत दुई देशको हितको लागि खुला सीमा बन्द गर्नु जरूरी रहेको सांसद सुवालले उल्लेख गर्नुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा नगर्ने सरकार र राजनीतिक दलहरूको विरोध हुनु स्वाभाविक रहेको धारणा राख्दै सचिव सुवालले भारतमा मोदी सरकारले आफ्ना विरोधी प्राध्यापकहरूलाई गरेको पक्राउ गलत भएपछि रिहा गरेको चर्चा गर्नुभयो ।
उहाले भन्नुभयो, “राजनीतिलाई नेपालका शासक दलहरूले सिद्धान्तहीन चुनावी गठबन्धन, सरकारको भागबन्डा, भ्रष्टाचार, पक्षपातको रूपमा परिभाषित गर्दै छन् । शासक दलहरूको संरक्षणविना ठूल–ठूला अनियमितता हुनसक्दैन ।”
“भारत विश्वकै ठूलो लोकतान्त्रिक देश भएको दाबी गरिन्छ । तर, भाजपाको मोदी सरकार कानुन हातमा लिने, विपक्षीको भावना नबुझ्ने, आफ्नो संस्कृतिमात्र अब्बल ठान्ने, आफूलाई मात्र शुद्ध ठान्ने फासीवादमा पतन भएको छ, भारतीय लेखकहरूबाटै यो तथ्य पुष्टि हुन्छ, सचिव सुवालले स्पष्ट गर्नुभयो ।
नेपालमा पनि सर्वोच्च अदालतले मिति र समय तोकेर फलानालाई प्रम बनाउनु भनी परमादेश गरेको न्यायपालिकाबाट व्यवस्थापिकमाथि हस्तक्षेप भएको स्पष्ट पार्दै उहाले कानुनी शासन र शक्ति पृथकीकरणको सिद्धान्त पनि झूटो साबित भएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “प्रम देउवाले स्थानीय तहको चुनाव गर्न एमसीसी सम्झौता पारित गर्नुपर्ने सर्त राख्नु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई खुसी पार्न हो । नेपाली जनताले देशघाती एमसीसी सम्झौता खारेज गराउन जोडका साथ आवाज उठाउन जरूरी छ ।”
कार्यक्रममा ख्वप शैक्षिक सर्कल सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अध्ययन गोष्ठीले पठन संस्कृतिको विकासमा टेवा पु¥याउने भएकोले अध्ययन गोष्ठी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
नेपाल भारतवेष्ठित देश रहेको चर्चा गर्दै उहाले भन्नुभयो, “नेपालमा आयात हुने सामानहरूमध्ये ८० प्रतिशत भारतकै छ । भारतीय एकाधिकार बजारको रूपमा नेपाल रहेकोले भारत नेपाललाई आफ्नो अधीनमा राख्न चाहन्छ । नेहरूकै दर्शनअनुसार मोदी सरकार पनि नेपाललगायत भुटान, बर्मा, ब·लादेश, पाकिस्तानलाई आफ्नो सुरक्षा छाताअन्तर्गत राख्न चाहन्छ, जुन कुनै पनि सार्वभौम देशको लागि स्वीकार्य हुनेछैन ।”
भारतीय जनतास“ग नेपाली जनताको दुश्मनी नरहेको स्पष्ट पार्दै उहाले स्वाभिमानी नेपाली जनताले भारतीय विस्तारवाद र एकाधिकार पु“जीको विरोध गरिरहेको बताउनुभयो ।
स्थानीय निर्वाचनको प्रस·बारे चर्चा गर्दै उहा“ले भन्नुभयो, “संविधानअनुसार कानुन बाझिएमा बाझिएको हदसम्म कानुन अमान्य हुने स्पष्ट हु“दाहु“दै राजनीतिक पार्टीहरूले संविधान र कानुनको व्याख्या गर्न खोज्नु गलत छ । संविधान र कानुनको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्र छ ।”
हरेक राजनीतिक पार्टीको आ–आफ्नो सिद्धान्त र दृष्टिकोण हुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले नेपाली काङ्ग्रेस पु“जीपति वर्गको पार्टी रहेको हुदा आफ्नो स्वार्थलाई पूरा गर्न नेपाली काङ्ग्रेसले विभिन्न गठबन्धन बनाइरहनेप्रति सचेत हुनु आवश्यक छ भन्नुभयो ।
“एमसीसी पारित भए नेपालमा अमेरिकी साम्राज्यवादको आधिपत्य कायम हुनुको साथै भारतको प्रभुत्व बढ्ने निश्चित छ । त्यसैले नेमकिपाले एमसीसीको विरोधमा निरन्तर आवाज उठाई जनतालाई सचेत पार्ने काम गरिरहेको छ”, उहाले भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नेमकिपाले देश जनताको हितमा आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक सेवा गरिरहेको छ । यो भावनालाई निरन्तरता दिन हरसम्भव प्रयास गरिरहनेछ । यसतर्फ शिक्षक कर्मचारीहरूको सहयोग हुने अपेक्षा गर्दछु ।”
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले विचार र चिन्तनमा अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउ“दै जस्तोसुकै सड्ढट र परिस्थितिमा पनि विचार अगाडि बढिरहने धारणा राख्नुभयो ।
भारतको राजनीति कसरी अगाडि बढिरहेको छ, भारतबारे लेखकहरूको दृष्टिकोण कस्तो छ भन्ने बुझ्न पुस्तकले सहयोग गर्ने गरेको उहा“ले बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजको प्राचार्य रूपक जोशी, ख्वप मा.विका उपप्राचार्य विष्णुप्रसाद किसी, शिक्षक तथा कर्मचारीहरू रूपक खड्का, सुनिल सुवाल, प्रकाश नायभारी, प्रनेश बाटी, सुनिता गाइसी, रोशन मचामसी र उमा भट्टले पुस्तकबारे अध्ययनको सार राख्नुभएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments