भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी भद्रकालीमा बिहीबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । प्रदेश नं ३–००१ प १४७७ नं को एफजेड मोटरसाइकल र बा. ५ ख. १६२५ नं. को मिनी टाटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल. चालक भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकाली खरिपाटी बस्ने बर्ष २४ को संजोग गिरीको घटनास्थलमा नै मृत्यु भएको हो । सवारी चालक सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा नं. ७ नाकुचे घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका ८ लिवाली बस्ने बर्ष ३४ को राम आचार्य र मिनी टाटा ट्रक महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।...

All Comments.......


Please Login/Register To Comments