जुम्ला ।  जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।



जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ । हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।...

All Comments.......


Please Login/Register To Comments