भक्तपुर । भक्तपुरको नगरकोट क्षेत्र अन्धकारमय बनेको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका नगरकोट क्षेत्रमा साँंझ ६ वजे लाइट गएको स्थानीयले बताएका छन् । ६ वजे गएको लाइट साँंझ सात वजेसम्म पनि आएको थिएन ।
लाइट नआएपछि स्थानीय हैरान भएका थिए । विशेष गरेर होटल व्यवसायीहरु हैरानीमा परेका थिए । लाइट गएपछि स्थानीयले नो लाइटलगायतमा कल गर्दा पनि कुनै रेस्पोन्स भएको थिएन ।
लाइट गएपछि नगरकोटमा हिउँं परेको हेर्न त्यहाँं पुगेर वास वसेका आन्तरिक पर्यटक विशेष हैरानीमा परेका थिए । नगरकोट जस्तो विदेशी पर्यटकहरुले बास बसिरहेन संसारकै चर्चित क्षेत्रमा पनि यसरी घण्टौ लाइट गइरहँंदा विशेशी पर्यटकहरुमा नेपालबारे नकारात्मक सन्देश जाने भन्दै स्थानीयले दुःख समेत व्यक्त गरेका थिए ।
घण्टौसम्म लाइट नआएपछि केही पहुँंचवालाले नेपाल विद्युत प्राधीकरणका प्रमुख कुलमान घिसिङ, प्राधीकरण सञ्चालक समितिका सदस्य इन्जिनियर कपिल आचार्यसम्मलाई आफनै पहलमा कल गरेका थिए । उनीहरुको कलपछि साँंझ सात बजेर पाँंच मिनेटमा मात्रै बल्ल त्यहाँं लाइट आएको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments