कुमार लघु
व्याजुको हार्डवयर भन्नासाथ तुल्सीनारायण व्याजुको न्यू भक्तपुर हार्डवयर पसल भनेर चिनिन्छ । ३० – ३५ वर्ष हार्डवयर चलाइसकेको पाको उमेरको दृढ विचार हार्डवयर पसलको ख्याति कमाएको इमान्दार सहयोगी हुनुहुन्छ उहाँं ।
बुबा तुल्सीभक्त व्याजु, आमा मंगलमाया व्याजुु हो उहाको आमाबुबाको नाम । सुपथ मूल्यमा सामान पाइन्छ यहाँं । लगानीले हैरान छु भनुहन्छ उहाँं । कर वढछ भन्नुहुन्छ उहाँं । उहाँ हार्डवयर संघमा सदस्य हुनुहुन्छ । उहाँका पसलमा रू ५ देखि रू १२ हजारसम्मको समान पाइन्छ ।
उहाँको हार्डवयर पसलमा विहानदेखि वेलुकी ६ वजेसम्म ग्राहाक र पाहुनाहरू आएको आएकै हुन्छ । उहँको पसलमा छोरा तुल्सीराम व्याजुले पनि सहयोगी भूमिका निभाएर सहयोग गरेका छन् । पालोपालो बुबा र छोरा खाना खाने र खाजा खाने आलापालो गर्दै आउनु भएको छ ।
धाराको सम्पूर्ण सर सामानहरू पाइन्छ यहाँं । उहाँको पसल व्यासी ः–२ वडामा छ । उहाँको हार्डवयर पसलमा पोलिथिन, जि आई, पि पिआर पाइप, फितिङ्ग तथा रंगरोगन गर्ने सामान, सामाग्रीको साथै कामदारहरू पठाई जडान गर्छन् ।  उहाँकोमा सामानहरू अरू कहाँ भन्दा सस्तो बलियो र गुणस्तर भएको सामानहरू पाइन्छ भनेर भन्नुहुन्छ । उहाँले सामानहरू ग्राहाकले चाहे अनुसार व्यवस्थित रूपले  सजाएको छ । उहाँले सवेरै उठेर हार्डवयर पसल खोल्ने गर्दै आउनु भएको ३०–३५ वर्ष नै भयो । उहाँ समाजसेवी हुनुहुन्छ । राजनीति क्षेत्रमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष दैनिक रूपले सकृय रूपमा भाग लिएको व्यक्तित्व हुनुहुन्छ । टोलवासी र कहिकतै समाजले सहयोग मागेको वेलामा पनि सकेको क्षमताले भ्याएको वेलामा दान दक्षिणा चढाउने र चन्दा हाल्न अग्रणी भूमिकामा पर्नुहुन्छ ।  
तुल्सी दाईको हार्डवयरमा नाम कहलिएको छ भक्तपुर न्यू हार्डवयर भनेर । उहाँको पसलमा सामान राख्न पहिले भए उधारोमा सामानहरू पठाइदिन्थो । अहिले नगद पहिले दाखिला गर्न पर्छ । अनि मात्र सामानहरू पठाई दिन्छ भनेर भन्नुहुन्छ । पहिला सामानहरू सोधीसोधी राख्न आउने हुन्थो भने अहिले आफूले नै फोन र पैसा वुझाई भौचर देखाई नगद कारोवार पहिला गर्नुपर्छ । अनि मात्र सामानहरू पसलमा पठाइदिन्छ । पहिला सामान सस्तो र थोरै लगानी गरे पुग्छ । अहिले नाफा कम, आम्दानी कम लगानी वढी चाहिने भयो । त्यस्तै पहिला भए प्रतिस्पर्धा कम अहिले प्रतिस्पर्धा बढी भयो ।
सोझो सिधालाई होलसेलले ठग्न सक्छ । यो हार्डवयर पसलमा पनि होलसेलले र उत्पादकले ठग्न सक्छ । कमसल सामान दिएर समस्या खडा गर्न दिन्छ । ग्राहाकले उधारोमा सामान लगेर इज्जत नभएकाले हाम्रै उज्जत लिनसक्छ । सामान लिएर तुरून्त उधारो र नगद चुक्ता दिनेहरू इमान्दारहरू छन् ।
कोही आर्काे महिनाको अन्ततिर भनेर वर्षाैवर्ष सामानको भुक्तानी नदिई पतित र साहुहरूलाई कायल गर्ने ग्राहाकहरू छन् । अलि फोर्स गरेमा के तिमीसित सामानहरू लिएको हो । अहिले पैसा छैन् । के तिम्रो पैसा नदिने होइन । तिम्रो पैसा भएको बेलामा दिन्छु भने र आखिर धम्काउनेहरू पनि छन् ।  
ग्राहाकहरूसित होसियारी अपनाउनुपर्ने वेला आयो । नपरेसम्म मिठोवोली र वचन बोल्छन् । परेपछि त नराम्रोसंग जवाफ दिने इज्जतको ख्याल नगर्नेहरू छन् । पहिला थोरै पूँजी भए नि हुन्थो । उधारो उठाउन विहान र वेलुका धाइरहनु भएको गुणासो छ ।
पसल व्यासीस्थित ठूलो व्यासी चोकको पश्चिमपट्टि र सानो व्यासीको पूर्वपट्टिको वीच भागमा राखी आफ्नो दैनिकी कारोवारलाई संचालन गर्दै आउनुभएको तुल्सीनारायण व्याजुको पसलमा आई व्यापार र व्यवसाय वढाई आफ्नो घर पसलको निम्ति सामानको व्यवस्थित गर्नसक्ने अवस्थामा आउनु हुन् अनुरोध तुल्सी सरले गर्नुभएको छ । धन्यवाद


...

All Comments.......


Please Login/Register To Comments