काठमाडौं । हजुरलाई नमस्ते परोपकारी संस्था काठमाडौंले काभ्रेको दुई गाविसमा रहेका १४ वटा विद्यालयका विद्यार्थीलाई एक कार्यक्रम गरी न्यानो कपडा स्वेटर वितरण गरेको छ । काभ्रेको भुम्लु चौबास सापिङ्ग र सिम्थलीको गुफाडाडासहित एउटा उच्च माबि, दुईवटा माबि, एउटा निमाबिसहित १४ वटा बिध्यालयका एक हजार ७० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको जनाइएको छ ।
हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक समाजसेवी ताराबहादुर कुँंवरले विभिन्न दाताहरुबाट प्राप्त स्वेटर ससाना विद्यार्थीलाई सहयोगस्वरुप निःशुल्क रुपमा वितरण गरिएको जानकारी गराए । विद्यार्थीका साथै ती स्कुलमा कार्यरत कार्यालय सहयोगीहरुलाईसमेत स्वेटर वितरण गरिएको उनले जनाए ।
स्वेटर वितरणका लागि समाजसेवी कुँंवरसहित, सलिना कुँवर, फल्गुण कुँवर देबिका थापालगायतका टोली त्यसतर्फ पुगेर स्वेटर वितरण गरिएको हो । काठमाडौं बाफलमा घर भएका समाजसेवी कुँंवरले आफनो जन्मस्थानमा पुगेर उक्त सहयोग गरेका हुन् । यसअघि पनि उनले त्यहाँंका स्कुल तथा विद्यार्थीलाई विभिन्न रुपमा सहयोग गरिरहेका थिए । समाजसेवी कुँंवरले हजुरलाई नमस्ते परोपकारी संस्था खोलेर निरन्तर सहयोगको काम गर्दै आएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments