भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई संसदमा छलफलका लागि पठाउनुपर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगर अस्पतालको नवनिर्मित भबनको उदघाटन तथा सेवा शुभारम्भको उदघाटन गर्दै उनले एमसीसीलाई संसदमा लगेर त्यहाँं छलफल चलाइनुपर्ने बताए । संसदमा जनताले पठाएका प्रतिनिधि छँंदैछन् नि त्यही लगेर छलफल गरौ, किन सडकमा बकबक गर्ने? उनले भने । उनले सडकमा आन्दोलन गर्नुको कुनै अर्थ नभएको बताए ।
फरक प्रसंगमा उनले सरकार जिउँंदो रहे पनि काम केही गर्न नसकेको बताए । उनले यथाशक्य छिटो जाँंडो गर्नुपर्ने र त्यसैबाट जनताको सरकार आउने दावी गरे । उनले चुनावपछि एमाले विजयी भएर आउने दावी गरे । उनले वढीमा अवको सरकारको आयु एक वर्ष रहने बताए । साढे तीन वर्ष आफनो सरकारविरुद्ध निरन्तर लागेर लडाएको, ६ महिनादेखि यो सरकार रहेको र पाँंच वर्षमा चुनाव गर्नुपर्ने नेपालको प्राबधान भएकाले अवको एकवर्षपछि चुनाव निश्चित भएको बताए ।

...

All Comments.......


Please Login/Register To Comments