भक्तपुर । भक्तपुर कप २०७८ फुटवल प्रतियोगिता भइराखेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति राष्ट्रिय झण्डाहरु चोरी भएका छन् । सोमबार साँंझसम्म रहेका झण्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झण्डाहरु मंगलबार विहान नभएका हुन् । प्रतियोगितास्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्ररित गर्न आयोजक भक्तपुर युवा टिमले मैदानमा २० वटा झण्डाहरु राखेका थिए । अहिले मञ्चमा राखिएका दुई वटा झण्डाहरु मात्रै बाँंकी छन् । मैदानको चारैतिरको बारमा डोरीले बाँंधेर राखेका १८ वटा झण्डाहरु चोरी भएका हुन् ।
आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगितास्थललाई भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्ररित गर्न राखिएका नेपालका झण्डाहरु चोरी भएको भन्दै दुःख व्यक्त गरे । यो वदमासी जसले गरे पनि कारबाही हुनुपर्ने माग उनले राखे । त्यसका लागि प्रहरी प्रशाशनको ध्यान उनले आकर्षित गराए ।
भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा फागुन ६ गतेदेखि भक्तपुर कप फुटवल प्रतियोगिता भइराखेको छ । प्रतियोगिता अन्तर्गत आज मंगलबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँंदैछन् । प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ ।

...

All Comments.......


Please Login/Register To Comments