भक्तपुर । भक्तपुरको महेश्वरी खेल मैदानमा भइरहेको भक्तपुर कप फुटबल प्रतियोगितामा खेलको क्रममा घाइते भएका खेलाडीको उपचारका लागि मेडिकल टिम जुट्दै आएको छ । उनीहरु आवश्यक औषधि तथा औजार सहित मैदानमा खटिंदै आएका हुन् ।
त्यसका लागि ख्वप अस्पताल र सूर्यविनायक भक्तपुरस्थित एभरेष्ट नेचुरल हेल्थ सेन्टरले सहयोग गर्दै आएको छ । ख्वप अस्पतालमा प्रत्येक प्रतियोगितमा दुईदुई  जना स्टाप नर्स पठाएर सहयोग गर्दै आएको छ भने एभरेष्ट नेचुरल हेल्थ सेन्टर सूर्यविनायकबाट फिजियोथेरापिस्ट दिनेशमान लाखेले सहयोग गर्दै आएका छन् ।
एभरेष्ट नेचुरल हेल्थ सेन्टर सूर्यविनायक भक्तपुरका फिजियोथेरापिस्ट  एवं क्लिनिक प्रमुख दिनेशमान लाखेले फुटबल प्रतियोगिता घाइते खेलाडीको उपचारका लागि अहिले आयोजकहरुले फिजियोथेरापिस्टको महत्व बुझेकोमा खुशी साट्छन् । उनी भन्छन्, ‘फुटबल प्रतियोगिताको क्रममा खेलाडीहरुको मर्के दुखेको उपचारका लागि फिजियोथेरापिस्ट राखेपछि सम्भावित ठूलो दुर्घटना हुनबाट जोगिन्छ । यो कुरा आयोजकले बुझ्न थालेकोमा हामीलाई धेरै खुशी लागेको छ ।’
प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताको फाइनल फागुन १४ गते हुने जनाइएको छ । प्रतियोगिता अवधिभर यो टिमले सेवा गर्ने आयोजकले जनाएको छ ।
...

All Comments.......


Please Login/Register To Comments