भक्तपुर । मध्यपुर थिमीमा सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने भएको छ ।
 मध्यपुर थिमीको मध्यपुर सितेरियो कराते डोजोले पहिलो पटक काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिता गर्ने भएको हो ।
मध्यपुर थिमी नगरपालिका वडा नम्वर ९ मा डोजोले फागुन १९ र २० गते उपत्यका प्लस काभ्रे ब्यापी कराते किक बक्सिङ प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक कालुराम धेकेले जानकारी दिए  । उक्त प्रतियोगितामा भक्तपुर , काठमाण्डौं, ललितपुर र काभ्रेका खेलाडी पनि सहभागी हुने उनले जानकारी दिए  ।
२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरि १९ खेल तथा किक् बक्सिङमा पुरुष तर्फ ४५, ५०, ५५ केजी तौल समूह र महिलातर्फ पनि ४०, ४५ र ५० केजी तौल समुह तथा यस्तै काटा समूहको एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइने खेल संयोजक धेकेले जानकारी दिए  ।
प्रतियोगिता संयोजक धेकेका अनुसार प्रतियोगितामा कूल ५ सय जना खेलाडीको सहभागिता रहने अनुमान रहेको छ  ।
दुई दिन सम्म चल्ने उक्त प्रतियोगिता डब्लु के एफको नियम अनुसार खेलाईने प्रशिक्षक रामशरण त्वातीले जानकारी दिए ।
तौल समूह अन्तर्गत खेलाईने उक्त प्रतियोगितामा सहभागिताान उत्कृष्ठ खेलाडीलाई गहकिलो पुरस्कार प्रदान गर्ने लक्ष्यका साथ आफूहरु लागि परेको उनले जानकारी दिए ।
मध्यपुर थिमी नगरपालिका वडा नम्वर ९ को संयोजनमा हुने उक्त खेललाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न नगर सदस्य गोकुल खड्काले जानकारी दिए । उनका अनुसार वडाको सहयोगमा हुन लागेको उक्त खेल वडा स्तरमा नै खेलकुलको विकासका लागि आयोजना गर्न लागेको उनले जानकारी दिए ।
तौल समूह अन्तर्गत हुने उक्त खेलमा ५ सय भन्दा बढि खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments