सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सहयोगमा वार्ड नम्बर ४ र ८ मा सीप बिकाश तालिमहरु तिब्र रुपमा अघि बढदै गएको छ । बलेफी गाउँपालिकाको उपप्रमुख कमला श्रेष्ठ कायस्थको भनाइ अनुसार बलेफी गाउँपालिकाभित्र बसोबास गर्ने महिलाहरुको आयआर्जन र घरमै बसेर रोजगार गर्न सक्ने गरी सिलाइकटाई, गलैंचा बुन्ने तालिमहरु सन्चलन गर्दै आएको छ । तालिमपश्चात् गलैंचा बुन्ने तान र सिलाइ सम्बन्धी मेसिनहरु बितरण गरिएको छm । उद्यमशील तालिमहरु सन्चालन भैरहेको सो सीप सिकेर सम्पुर्ण महिला दिदीबहिनीहरु आत्मानिर्भर स्वरोजगार बन्नसक्ने उद्देश्यका साथ यो योजना उपप्रमुखकै पहलमा सन्चालन भैरहेको कुरा बताउनु भएको छ ।
जनताको साथमै रहेर जनताको सुखदुखमा जनताको हरेक समस्यमा जनप्रतिनिधिको हैसियतमा रहदाको अवस्थामा होस या जनप्रतिनिधिको हैसियतमा नरहदाको अबस्थामा होस सदैब जनतालाइ परेको समस्यमा पहल गर्दै जाने कुरा बताउनुभएको छ । बलेफी गाउँपालिकाको प्रतेक वडाहरुमा उद्यमशिल तालिम सन्चालन गर्दै तालिम पश्चात् चाहिने उपकरण मेसिनहरु बितरण गर्दै जाने एक घर एक रोजगार सिर्जना गर्ने लक्ष बलेफी गाउँपालिकाले लिएको कुरा बताउनु भयो । उपप्रमुख कायस्थले खानेपानी शिक्षा कृषी सिंचाइ स्वस्थ सीप बिकाश तालिम सडक बालबिबाह न्युनीकरण सम्बन्धि जनचेतनामुलक गोस्ठी बाताबरण संरक्षण सम्बन्धी सर्सफाइ जस्ता कार्यक्रमहरु अघि बढाइरहेको कुरा बताउनु भएको छ । बिकाश निर्माणको कार्यक्रमहरु तिब्र रुपमा कार्यान्वयन भैरहेको र साथ् साथै अनुगमन गर्ने कार्य पनि भैरहेको कुरा व्यक्त गर्नुभयो । जनताको अपेक्षा अनुसार धेरै योजनाहरु पुरा भएको छ । हुन बाकी रहेको योजनाहरु पनि कर्योनयन गर्न कटिबद्ध रहेको कुरा उपप्रमुख कमला श्रेष्ठ कायस्थले बताउनुभयो ।



...

All Comments.......


Please Login/Register To Comments