कुमार लघु
मेरो जन्मथलो भक्तपुर । मेरो बौबाजेले सिर्जेको सम्पति भक्तपुर । हाम्रो कला र संस्कृतिको अनुपम उदाहरणमा रमेको मेरो गौरवको जन्मथलोमा जन्मेको नारायणभक्त पहिको पेशाले सूचिकार हुनुहन्थ्यो । उहाँको आमा कृष्णमाया पही र बुवा गोपालदास पही पूर्खाले किसान भए नि छोराले वेलैमा सूचिकार तालिम ६ महिना लिएर जिवनलाई चाहिने शरीर छोप्ने दौरा सुरूवाल कोट पाइन्छ । सर्ट विभिन्न थरीको लुगा सिलाउने गर्दै आफ्नो खुट्टामा आफै उभिन सक्ने भएका छन् । यहाँ लुगामा पुरूषहरूको विभिन्न स्कुल डेस र महिलाहरूको स्कूलको पोशाक सिलाई हुने देखियो ।
उहाँले अथक परिश्रम गरेर लुगा सिलाउने कार्यमा निपुण हुनुभयो । नारायणजीले २०४४ सालमा तालिम लिएर समय अनुसार दुःखकष्ट सहेर सीप लिन सफल हुनु भयो । यदि समयमा सीप आर्जन गर्न नसकेको भए किसानको छोरो खेती पेसामा नै लाग्नपर्ने अनुमान रहेको उहाँको कुरा गराईले देखिन आयो ।
उहाँले जिउनलाई र सपरिवार पाल्नलाई लगभग ३४ वर्ष अतुत रूपकामा पेसालाई नै निरन्तरता दिन्दै आउनु भएको छ । काम त गाह्रो छ । काममा खटिरहनुपर्छ । समय खेरफाल्नु हुन्न । जहिले काममा व्यस्त रहेको देखिनुहुन्छ । उहाँले सवै ग्राहकसित मिठो नरम वोलीचाली बोल्नुहुन्छ ।
लुगा सिलाउने वेलामा बढी हात, खुट्टा र दिमागलाई एक ध्यानमा लगाई परिश्रममा खट्नु पर्दाेरहेछ भन्नुहुन्छ । त्यसले गर्दा आँखा कमजोर भएको महसूस गर्नुहुन्छ । सपरिवारको मदतले यो घरेलु उध्योग सिलाईको काम चलाउन सहयोग मिलेको छ । समाजमा पनि आफू र आफ्नो परिवारको परिचय फैलाउन मदत यो सूचिकार कामले मलाई सन्तोष नै मिलेको छ । दिनहु साथीहरू काका इष्टमित्रहरूसंग हासीखुसी  भेटघाट गर्न आइरहन्छ गर्न पाइराखेको छ । आर्थिक रूपमा पनि सबल वन्न पाएको छु । घर खर्च मिलेको छ । दुईचार हजार आफनो खल्टीमा राख्न पाएको छु । नानी बावुहरूलाई स्कूल पठाउनलाई आनाकानी गर्न परेन ।
आफूले सिलाएको लुगाफाटो पनि ठाटिएर लगाउन पाइरहेको छु । मैले पसल खोल्न आफ्नै घरमा ठाउँ पाएर सजिलो भएको छ । मानिसलाई नयाँ पहिरणले फूर्तिलो र साहसि बनाउँछ । भनाई नै छ, सवैलाई घरमा खान पाओस् वा नपाओस् बाहिर हिडुल गर्नलाई एक दुई जोर लुगा फाटोले नै मानिसलाई हुने खाने र आफ्ना दौतरीहरूसित जोरीपारीसंग थाटिएर हिडन पाउँदा मज्जा आउँछ । आउनुस् कोही काका भाइ बहिनीहरूलाई आधुनिक पहिरणसित मज्जा लिन ए वान सूचिकारमा अगाडि परेको व्यासीस्थित सिलाईको झंङ्कारले सिलाएको डे्समा विवाह, सभा समारोहमा सरिक हुनलाई भनेको समयमा सिलाई गर्ने सम्झेर ब–यलभ टेलर्समा आउनु हुन अनुरोध गरेको छ । प्रोप्राईटर नारायणभक्त सर आँटिलो र मेहनतकस दिर्घकालिन सोचको हुनुहुन्छ । सिलाई सिक्नको लागि पनि दुःखकष्ट खाएको कसलाई पो दोह–याउन मन लाग्ला । तर पनि उहाँले भविष्यका पुस्ताहरूले हतोसाहित नहोस् भनेर दुःख त भैरहन्छ भने बोल्छन् । दुःखसित सामना गरेर नै जिवनलाई मोडेल वनाउदै उहाँ अगाडि वढेको हो ।  
तपाईको यो काममा कस्तो आनन्दको अनुभूति लिई रहनुभएको छ भन्दा जीवन चलेकै छ । काम गर्छु आनन्द नै भनुहुन्छ । आनन्द लिनलाई आमा बुबाले जन्माउँदा दिएको १० औला फैलाउने जगत पाए त्यो राम्रो हो । नेवारीमा एउँटा उखान छ, नय तोनय वस याय सोभा धागुदु अर्थात खानु पिउनु नै लुगा फाटोले नै मानिसको स्वभाब वढाउँछ । त्यसैले कहिकतै जानलाई राम्रो लुगा दुईचार जोर लेगा सिलाई राख्नुपर्छ । त्यो लुगा सिलाउनलाई भक्तपुरको व्यासी टोलमा रहेको ए–वान टेलर्समा जानू नै वेस होला । सुपथ मोलमा विभिन्न डे्स सिलाई गर्नलाई आउनु हुन अनुरोध गर्नु भएको छ ।
उहाँले दैनिक लुगाहरूमा ३–४ जोर सिलाई गरी आय आर्जन गरिरहनु भएको छ । उहाँको टेलरिङ्गमा उहाँको जीवन साथीले हरबखत साथ दिन्दै आउनुभएको छ । दिनहु आधुनिक युगमा संघर्ष गरेर जिउनु नै मज्जाको महसूस गर्ने अवसर लिएकोछु भनुहुन्छ । उहाँलाई न्याश्रो लाग्छ भनेर गफसफ गर्न नि टोलको दाजुभाई आउँदै गरेको देखिन्छ । ज्याला सस्तो र छूटमा पनि सिलाई गर्ने गरेको छ । सिलाई कटाई पनि उहाँ नारायणभक्त पहिले नै  गर्नुहुन्छ ।
अन्तमा तपाईले किन ए–वान नै भनी टेलर्सको नाम राखेर काम संञ्चालन गर्नु भएको भन्दा हेर्दा र देख्दा नै मन परेको भनुभयो । उहाँले ३४ वर्ष समयसंगै सिलाई कट्टाईमा समय लगाई जीवन निर्वाह गर्न संघर्ष गरेको दुःखद क्षण सुनाउनु भयो । आफ्नै घरमा ए–वान टेलर्स खोलेर व्यवसाय संञ्चालन गर्दै आउनु भएको छ । उहाँको व्यवसाय फलोफुलोस् । उहाँ सहयोगी मनका धनी र आपत परेको वेलामा सहयोग गर्दै आउनु भएको छ । शिक्षामा उहाँले १२ कक्षासम्म पढेर पासगर्नु भएको छ । उहाँको १– श्रीमती ,१ छोरा, चारछोरी मध्यमा दुई छोरीको विबाह भैसकेको छ । सुखी परिवारमा जीवन बितिरहेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments