भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ गाम्चामा कुनैबेला राप्रपाका धेरै नेता कार्यकर्ता थिए । धेरै समर्थक पनि । समयसँंगै अहिले त्यो शुन्यमा झरेको छ झण्डै । विभिन्न कारणले राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा) का ती स्थानीय नेता तथा कार्यकता लाखापाखा लागे । कोही लोभमा फसे त कोही केमा ।
यही अवस्थाको मध्यनजर गरी मरेको राप्रपालाई गाम्चामा फेरि व्युटाउने प्रयास थालेका छन् स्थानीय विजय खड्काले । राप्रपालाई व्युटाउँंदै आगामी स्थानीय निकायको निर्वाचनमा जिल्लाका अरु वडातिर नभए पनि यो वडामा जिताउने योजना उनको छ । सूर्यविनायक नगरपालिका वडा नं ४ मा स्थानीय निकायको निर्वाचनमा राप्रपालाई जिताउने अभियानमा छु, उनले योजना सुनाउँंदै भने, यसका लागि मैले आफनो उम्मेदबारी पनि घोषणा गरिसकेको छु ।
खड्काले आगामी स्थानीय निकायको निर्वाचनमा राप्रपाबाट सूर्यविनायक नगरपालिका वडा नं ४ मा वडा अध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् । त्यसका लागि पार्टीले आफूलाई टिकट दिन उनले माग राखे । आफू विजयी भए युवाहरुको पक्षमा काम गर्न वचन उनले दिए ।
आफनो उम्मेदबारी घोषणासँंगै युवाहरुको जनलहर आफनो पक्षमा छाउन थालेको उनले सुनाए । उनले हिन्दु धर्मको संरक्षण, प्रबद्र्धनका लागि सवै एकजुट भई लाग्नुपर्ने पनि बताए ।

...

All Comments.......


Please Login/Register To Comments