भक्तपुर । जिल्ला महेश्वरी स्थान स्थित मुख्य कार्यालय रहेको समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को २० औं स्थापना दिवस ( १६ फागुण) को उपलक्ष्यमा शनिबार संस्थाको प्राङ्गणमा एक समारोहका साथ रक्तदान र नि शूल्क मधुमेह परिक्षण  कार्यक्रम सम्पन्न भयो ।

रक्तदान सामाग्री संस्थापक अध्यक्ष श्री हरिराम लवजूले नेपाल रेडक्रस सोसाइटी भक्तपुरका स्वास्थ्य प्राविधिकलाई हस्तान्तरण गर्दे शुरु भएको कार्यक्रमा संस्था स्थापनाको उद्धेश्य र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने संस्थाको दायित्वलाई निरन्तरता दिने क्रममा रक्तदान र नि शूल्क मधुमेह परिक्षण  गरी आएको संस्थापक अध्यक्ष श्री हरिराम लवजूले बताउनुभयो । भक्तपूर हार्ट एण्ड डायाबेटिज सेन्टरको प्रावाधिक सहयोगमा संञ्चालन भएको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण र रक्तचाप जाँच र सूगर जाँचको अपरिहार्यता औल्याउनू हुदैँ मुटु मृगौला तथा माष्तिकघात जस्ता भयानक रोगहरुबाट बच्न बचाउन आवश्यक रहेको कुरा भक्तपुर हार्ट एण्ड डायाबेटिज सेन्टरका प्रबन्ध निर्देशक श्री विरेन्द्रकाजी प्रधानाङ्गले बताउनुभयो । संस्थाको २० औ स्थापना दिवस १४ १५ र १६ फागुनमा मनाउने भएकोले सो सबै दिनहरुमा सक्रिय सहभागिता जनाई दिन अनुरोध गर्दै सहयोगीहरुबाट सधै सहयोग पाउने आशा ब्यक्त गर्दै संस्थाका अध्यक्ष श्री रामकृष्ण मानन्धरले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभयो ।

 संस्थाको स्वास्थ्य उपसमिति संयोजक श्री रिता ध्वजूले स्वागत गरेको उक्त कार्यक्रम संस्थाका सचिव श्री विश्व बहादूर दूवालले संञ्चालन गर्नुभएको थियो । निःशुल्क सुगर जाँचमा ५१ जना र रक्तदान कार्यक्रममा जम्मा  ४८ जनाले रक्तदान गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments