सिन्धुपाल्चोक । राप्रपा त्रिपुरासुन्दरी गाउँपालिका समितीले एमसिसिबिरुद्ध बिरोध रयली र बिरोध सभा गरेको छ । राप्रपा त्रिपुरासुन्दरी गाउँपालिका समिती अध्यक्ष बमबहादुर जिरेलको सभापतित्वमा राप्रपा केन्द्रिय समिती सदस्य निर्मला श्रेष्ठको प्रमुख आथितेतामा कार्यक्रम भएको थियो । राप्रपा पुर्ब जिल्ला समिती अध्यक्ष गोपाल नरसिंह श्रेष्ठ, राप्रपा जिल्ला उच्च संपादन समिती पुर्ब सम्योजक नारायण जङ्ग पाण्डेको विशेष आथितेतामा, अतिथिहरु राप्रपा केन्द्रिय महिला संगठन सदस्य अम्बिका बस्नेत, राप्रपा क्षेत्र नम्बर १ प्रदेश (क) को अध्यक्ष दिपकराज खरेल, क्षेत्रीय सदस्य जस्मिन श्रेष्ठ, गोपाल गुरुङ, बिकाशजङ्ग पाण्डे, मोहन पाण्डे, राजकुमार थामी, तिलक थामी, गणेश लामा, दिनेश गुरुङ, सरेश पाण्डे, केसब भन्डारी, जनक थामीलगायतको आथितेतामा गाउँपालिका पार्टी कमिटी वडा कमिटी पदाधिकारीहरुको उपस्थितिमा  विशेष अतिथि नारायणजङ्ग पाण्डेको पहलमा सम्पन्न भएको हो ।
एमसिसिको बिरोध य्रली गर्दै बिरोध सभा भएको थियो । विशेष अतिथि नारायणजङ् पाण्डेले सभालाई सम्बोधन गर्दै भन्नुभयो गठबन्धन सरकार रारानैतिक दलले एमसिसिलाई साथ् दिदै पास गरे भने यो कुरा राप्रपा पार्टीलाई मान्य हुने छैन । अबको दिनमा यस्ता नेताहरुलाई जनताले हराउनु पर्छ । अहिले एम सिसिको बिरोधमा सडकमा राप्रपा मात्र सिङ्गो पार्टीले बिरोध गरिरहेकोको कुरा बताउनुभयो भने अर्का बिशेश अतिथि गोपाल नरसिंह श्रेष्ठले राप्रपा अब एक भएर वडा गाउँपालिका सबै ससक्त रुपमा अघि बढन सबै तहको संगठनहरुलाई अनुरोध गर्दै राप्रपा पार्टीलाई बहुमतले जिताउन सबै जना एक मत भएर  लाग्नपर्ने कुरा बताउनु भएको थियो भने प्रमुख अथिती निर्मला श्रेष्ठले पार्टीभित्रको गुटउपगुटको अन्त गर्दै आम निर्बाचनमा एक भएर अघि बढ्न सुझावसहित आग्रह गर्नुभयो । सभापति बम बाहादुर जिरेलले त्रिपूरासुन्दरी गाउँपालिकामा विपक्ष दलहरुलाई हराउदै राप्रपा अग्रस्थानमा बिजय सुनिश्चित भएको कुरा व्यक्त गर्दै स्थानीय सरकारलाई औल्याउँदै जनता को मनोभावना अनुसार काम गर्न नसकेको जनताको अपेक्षा अनुसरण काम नभएको भन्दै आक्रोश पोख्तै पार्टी कमिटी निकट संगठनहरुलाइ निर्देशन दिदै आगामी निर्बाचनमा पार्टीलाई जिताउन लाग्नुपर्ने कुरा व्यक्त गर्दै सभा बिसर्जन गर्नु भएको थियो ।...

All Comments.......


Please Login/Register To Comments