डा.इन्दुल के.सी.
बागमतीको पवित्र नदीमा
दुर्गन्धित पानी बगिरहेछ ।१

श्रद्धालु भक्तजनहरु हरगंगे भन्दै
आफूलाई पवित्र पार्न स्नान गर्दैछन् ।२

कात्रोले बेरिएका, रामनामी पछ्यौरा ओढाइएका
लासहरुको लामो पंक्ति ब्रम्हनालको पर्खाइमा छन् ।३

फूलका माला, सुगन्धित धुपहरु बाल्दै
आफन्त शरु रुदै भावविहवल हुँदै आँसु बगाइरहेका छन् ।४

इस्तमित्र नातेदारहरु भावबिभोर भई
स्रद्धा सुमन–समवेदना व्यक्त गर्दै छन् ।५

कोही मसानमा दाउरा मिलाई चिता बनाइरहेका छन्
दागबत्ती दिई क्रियापुत्री बन्ने बाउन दक्षिनाको मोलतोल गर्दै छ ।६

सर्वाङ्ग कालो बस्त्रधारी एक अघोरी मगन्ते
मृतकलाई स्वर्ग पठाइदिन्छु भन्दै
एक छाक भिखको पैसामा गिरहेको छ ।७

धुँवाको कुइरो मण्डल यत्रतत्र फैलिरहे छ
बागमतीको पूर्वडाँडा–वनमा कोही
आफन्तको लाश खाल्टोमा पुर्न लागिरहेका छन् ।८

जीवन के हो? मृत्यु के हो? संसार के हो?
एक अबुझकविमनमनै उक्त प्रश्नहरुका सही उत्तर खोजी रहेका ।९

...

All Comments.......


Please Login/Register To Comments