भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को २० औं संस्था स्थापना दिवस (फागुन १६) को उपलक्ष्यमा आइतबार संस्थापक भेला तथा सम्मान कार्यक्रम डि.एम.सि किचेन कमलविनायकमा सम्पन्न भयो ।

संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजूबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजूले संस्था १५ जनाको बचत कोषबाट शुरु भई २०५९ सालमा औपचारिक रुपमा संस्था दर्ता भई आजको दिनसम्म आइपुगेको बताउनुभयो । संस्थाले चाँगुनारायण नगरपालिकामा कार्यक्षेत्र बढाउने उद्धेश्यले  बाग्मती प्रदेश सरकारको सहकारी विभागमा निवेदन दर्ता गरिरकोको र स्वीकृति पश्चात  भविष्यमा कारोबार थाल्ने बताउनुभयो ।

 संस्थाका सल्लाहकार समितिका संयोजक विश्वमोहन जोशीले संस्थाको नाम र नाराबाट नै प्रष्ट हुन्छ कि संस्थाका हरेक सदस्यहरुलाई हामी समान ब्यवहार गर्ने र सदस्यहरुलाई आर्थिक रुपमा मात्र होइन कि सदस्यलाई आइपर्ने हरेक समस्यामा साथ दिने कुरालाई बुझाउने औल्याउनुभयो । त्यस्तै संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले संस्थाले सदस्यको हितमा सदैब कार्य गर्दै जाने भन्नुभयो र सदस्यता बृद्धि गर्न विभिन्न संघ संस्थासंग सहकार्य सम्झौता गरेको औल्याउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष पशुपति भक्त राय,संस्थापक सचिव कृष्णबहादुर प्रजापति,संस्थापक सदस्य ईन्द्रबहादुर प्याठ,संस्थाका सचिब विश्वबहादुर दुवाल र संस्थापक समन्वय समिति संयोजक हरिकृष्ण छुस्यावागले बोल्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments