सुनील सापकोटा
आज महा शिवरात्री । हिन्दूहरुको ठुलो धार्मिक पर्व।अर्थात  शिवजीको सुहागरात ( हनिमुन ) को दिन हो।
धार्मिक दृस्टिकोण बाट शिव लाई इश्वररुपी डरलाग्दो रौद्र वा कालको रुप  मानी डरले मान्ने  एकथरी र अर्को थरी  शिवको व्रत , पूजाआजा गर्दा बिबिध  लाभको चाहना राख्न्ने मानिसहरु   जस्तो म शिवजी  लाई मान्दिन ।
मेरो नजरमा  एउटा काल खण्डमा शिव महा नायक थिए । जसले त्यो काल खण्डमा लोक कल्याणकारी कामका लागि ठुलो योगदान दिएका थिए । त्यो बेला उनी असुर र सुर दुबै बर्गले मान्ने श्रद्धाका केन्द्र थिए।
पूराणको सबै कुरा म मान्दिन । म पूराण लाई त्यो प्राचीन काल खण्डको एउटा लिखित दस्तावेज वा इतिहासको शोध लागि चाहिने एउटा सामाग्रीको रुपमा  मात्र हेर्छु ।
शिव लाई हेर्दा मलाई अचम्म लाग्छ । त्यो काल खण्डको महा नायकको अवस्था साधारण   मानिसको जस्तो  द्वैत चरित्र वा भावको  देख्छु ।   एकतिर  प्रथम श्रीमती  ( सतिदेवी ) को देहावसान भए पछि कैयौं बर्ष उनी  दुःखद अवस्थामा वियोगमा रहे  भने अर्को तिर ८० ÷ ८५ बर्षको उमेरमा १६÷ १७ बर्षको सानो  केटी ( पार्वती )को इच्छा लाई पूरा गर्न उनी  सङ बिहे गर्न पुगे  र बिहे पछी कैयौं बर्ष  सम्म पार्वती सङ काम वासना ( क्भह ) मा रमाएर गुप्तवास बसे । त्यो  अवधीमा पनि उनी कामशास्त्र  निर्माण गर्न पुग्छन् । त्यस्तै त्यत्रो योद्धा र महानायक हुँदा पनि उनि अत्यन्तै सरल देखिन्छन्  । त्यसैले उनको  नाम भोला पनि हो। सर्व शक्तिमान भएर पनि भाङ , धतुरो नशा लिने उनको साधारण मानिसहरु जस्तो बानी ब्यहोरा देखिन्छ । उनले त्यो बेला अस्त्र शस्त्रको निर्माण वा आविस्कार गरेको पनि पाइन्छ । उनलाई खुशी पारे आफू सङ रहेको जे पनि दिन उनी तयार देखिन्छन् । एकातिर मस्त मौला देखिने उनी भाषा , संगीत , नृत्य , योग आदिको जननी  पनि हुन । उनले त्यो काल खण्डमा धेरै कुराहरु तत्कालीन  समाज लाई दिई  उद्दार गरेको देखिन्छ ।  शिवरात्रीको पूर्व सन्ध्यामा   धेरै के लेखुँ । सबैमा महा शिवरात्रीको शुभकामना ....  । इति।...

All Comments.......


Please Login/Register To Comments