भक्तपुर ।  समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ स्थापना दिवस संस्थाको दुवै कार्यालय प्राङ्गणमा दिप प्रज्ज्वलन दिपावली गरि सोमबार एक कार्यक्रमका गरी मनाइयो । शुभकामना मन्तव्य दिनूहुँदै संस्थापक अध्यक्ष अधिवक्ता श्री हरिराम लवजुले २० औँ स्थापना दिवस मनाउन पाउँदा र संस्था आजको दिन सम्म ल्याई पु¥याउँदा संस्थाका सदस्यहरुले खेल्नुभएको भूमिका उल्लेखनीय र सह्रनीय रहेको बताउनुभयो । आफ्नै घरपरिवारभित्र कै सम्झेर सदस्यता बृद्धि,बचत निक्षेप कारोबार गर्नुहुन र कुनै समस्या भए संस्थामा सम्पर्क गरी समाधान लिनुहुन सवै सदस्यहरुमा विनम्रतापुर्वक अनुरोध गर्नुभयो ।
त्यस्तै संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले संस्थामा विपन्न र विपद सहयोग सेवा कोषमा सहयोग गर्नुहुने सल्लाहकार समिति संयोजक विश्वमोहन जोशी, अवकास बचत हित उपसमिति सदस्य कृष्णगोपाल कुसीलाई धन्यवाद दिनुका साथै सबैलाई सकेको सहयोग गर्नुहुन अनुरोध गनुभयो ।

संस्थाका लेखा समिति संयोजक कृष्णराम दुवाल, सल्लाहकार समिति संयोजक विश्वमोहन जोशी, अवकास बचत हित उपसमिति सदस्य कृष्णगोपाल कुसीले संस्थाको २० औं स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य दिनुभएको थियो । संस्थापक अध्यक्ष,वर्तमान अध्यक्ष र पुर्व अध्यक्ष क्रमशः हरिराम लवजु, रामकृष्ण मानन्धर र विश्व बहादुर दूवालले संयुक्त रुपमा केक काटी उद्घाटन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रजापति र धन्यबाद मन्तब्य संस्थाका कोषाध्यक्ष  सुवर्णकेशरी दुवालले गर्नूभयो । संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्था सचिव विश्व बहादुर दुवालले सञ्चालन गर्नुभएको थियो ।
१६ फागुन २०५९ सालमा स्थापना भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments