भक्तपुर । भक्तपुरबाट चाँंगुनारायण जाने सडकमा विहीबार स्कुटरले ठक्कर दिंदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं १० भक्तपुरस्थित चागुँनारायण सडक वन्टीमा भएको दुर्घटनामा परी पैदल यात्री भक्तपुर नगरपालिका वडा नं. २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार ठक्कर दिने स्कुटी चालक चागुँनारायण नगरपालिका वडा नं. ६ छालिङ बस्ने बर्ष २२ को आशिष कार्कीलाई नियन्त्रणमा लिएको छ । चागुँनारायणबाट भक्तपुरतर्फ आउदै गरेको प्रदेश ३(०२(०१५ प ७२६५ नं.को स्कुटीले पैदल यात्री मृतक सुवाललाई ठक्कर दिएको थियो । ठक्कर लगतै तत्कालै उपचारको लागी भक्तपुर अस्पताल पठाइएकोमा प्राथमिक उपचारपश्चात ट्रमा सेन्टर पठाइएको र त्यहा उपचार हुन नसकी थप उपचारका लागी न्युरो अस्पताल बासँबारी रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments