सिन्धुपाल्चोक । ब्रम्हायणी नदी सिन्धुको सान स्वच्छ र सफा राख्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ डिभिजन बन कार्यलय सिन्धुपाल्चोक र बलेफी गाउँपालिकाको सहयोगमा सामुदायिक बन उपभोक्ता माहासघ नेपाल सुनकोशी गाउँपालिका माहासङको आयोजनामा बलेफी गाउँपालिका वार्ड नम्बर १ को अध्यक्ष मधु थापाको पहलमा सामुदायिक बन उपभोक्ता माहासङ नेपाल बलेफी माहासङको उपाध्यक्ष रामबाहादुर खड्काको सभापतित्वमा बलेफी गाउँपालिका उपाध्यक्ष  कमला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । सबडिभिजन बन कार्यलय जल्बिरेका अधिकृत कमलादेबी श्रेष्ठ, सामुदायिक बन उपभोक्ता माहासङ नेपालका पूर्ब सचिब राजु श्रेष्ठको विशेष आतिथ्यतामा इलाका प्रहरी कार्यलय जल्बिरेका प्रहरी निरीक्षक हरि भट्टराई, ससस्त्र प्रहरी बल लामोसाघुका सब इन्स्पेटर सुनिल श्रीबास्तब, सामुदायिक बिद्यालय व्यवस्थापन समिती महसङ नेपाल प्रदेश माहासङका सदस्य राजेन्द्र कायस्थ बलेफी गाउँपालिका वार्ड नम्बर ८ का सदस्य लक्ष्मण अधिकारी,  आनन्द मा बि जल्बिरेको प्रअ शिव क्षेत्री, जल्बिरे भ्यली क्यम्पसका पुर्ब अध्यक्ष गोकर्ण श्रेष्ठ, भ्याली क्याम्पसका स्वोबियु सभापति अमृत थापा, रेड्क्रस जल्बिरेका सभापति रामलाल श्रेष्ठहरुको आतिथ्यतामा कार्यक्रम भएको हो । बिद्यार्थि भाइबहिनीहरु बन समुहको समुदायहरु शिक्षक शिक्षिकाहरु नागरिक समाज सरोकारवालाहरु सुरक्षा निकायहरुको करिब ३ सय जनाको उपस्थितिमा जनचेतनामुलक यार्ली प्लेकार्डसहित नदी सडक सरसफाइ अभियान भब्य रुपमा सम्पन्न भएको थियो  ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमला कायस्थले बलेफी गाउँपालिका वडा नम्बर १ देखी वडा नम्बर ८ सम्म यसरी नै यो बाताबरण संरक्षण, जनचेतनामुलक, सरसफाइ अभियान निरन्तर रुपमा अघि बडाउदै जाने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो । सोही अनुसार वार्ड नम्बर १ र २ जल्बिरे बजारदेखी सुरु गरेको भन्दै प्लाष्टिकजन्य फोहोरहरु सडक नदि खोल्सा पुल पुलेसाहरुमा आजको दिनदेखी नै नफाल्न यो बाताबरण संरक्षण सर्सफाइ अभियानलाई सफल पार्न स्वच्छ र सफा हराभरा नमुना गाउँपालिका बलेफी गाउँ पालिकाको पहिचान दिन सम्पुर्ण समुदायहरुमा आह्वान गर्नुको साथै जलचर प्राणीको संरक्षणको लागी दिगो फोहोर व्यबस्थापन गर्न गाउँपालिकाको योजना रहेको कुरा बताउनु भएको  थियो भने विशेष अतिथि कमलादेबि श्रेष्ठले हाम्रो घर आगन सडक नदिहरुलाई सफा राख्न सके हामी पनि स्वस्थ रहन सक्छौ । यो अभियानलाई सबै समुदाय र सरोकारवालाहरु सचेत भएर यो कार्यक्रमलाई निरंतरता दिन अनुरोध गर्नुभएको थियो भने सभापति राम बा खड्काले यो अभियानमा उपस्थित हुनुहुने सबै सङसस्था बनसमुह  सुरक्षा निकायहरुलाई धन्यवाद दिदै  कार्यक्रम बिसर्जन गर्नु भएको थियो । कार्यक्रम सन्चालन आयोजक सुनकोशी बन उपभोक्ता माहासङको अध्यक्ष  ढक प्यकुरेलले गर्नुभएको थियो भने सुभकामना मन्तब्यको  साथसाथै  समुदायहरुमा यो कार्यक्रमको  औचित्यमाथी प्रस्ट पार्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments