भक्तपुर । भक्तपुरको वडा नं. ७ गोःमारी यातास्थित सहलह बचत तथा ऋण सहकारी सँस्था लि. द्धारा आज फागुण २२ गते आइतवार बाँसुरी बाजा लोकार्पण (पिदानेगु) कार्यक्रम गरेको छ । परम्परागत सास्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्धेश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम संचालन गरेको सहकारीले जनाएको छ ।
भक्तपुर नपा वडा नं. ९ साकोलाङका गायक तथा संगितकार राजकुमार मानन्धरले लकडाउनको समयमा अनलाइनमार्फत कक्षा संचालन गर्दै आएको र नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी बिभिन्न समयमा भौतिक उपस्थितिमा समेत कक्षा संचालन गरिएको बताए । २०७७ चैत्र १९ बाट शुरु गरेको बाँसुरी बाजामा महिला पुरुष गरी जम्मा २१ जना सहभागी रहेका छन् ।
कोरोना भाइरसका कारण लकडाउन भएर लामो समय लागेको थियो । सहभागीहरुका लागि चाहीने सबैलाई एउटै रङ्गको दउरा सुरुवा, टोपी, ईस्टकोट र बाँसुरी आफैले किनुपर्ने र प्रशिक्षण अवधिभर प्रशिक्षक लगाएतका अरु खर्च सबै सहाकारीले व्यहोरेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments