भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ एवं भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर नगरपालिका क्षेत्रमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटी ढकतराजु नवीकरण तथा दर्ता कार्य सञ्चालन भएको छ ।
गत फागुन २२ गते आइतबारदेखि नगरमा आएको टोलीले पहिलो दिन भ.न.पा.–३, बंशगोपालमा बसेर सेवा दिएको थियो । सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएका थिए । त्यस्तै दोस्रो दिन भ.न.पा.–५, सुकुलढोका क्षेत्रबाट पनि ७० जना भन्दा बढी व्यवसायीले सेवा प्राप्त गरेका थिए ।
भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राहीहरु नगर बाहिरबाट पनि आएका थिए । ढक तराजु खरिद गर्दाको रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण धेरै व्यवसायीहरु सेवाबाट बञ्चित हुनुपरेको थियो । अहिले नयाँ ढक तराजु खरिद गरेपछि खरिद गरेको ३५ दिन भित्र नेपाल गुणस्तर तथा नापतौल बिभागमा दर्ता गरी समयमै नविकरण गर्नु पर्दछ । यदि म्याद नाघेको खण्डमा १ बर्ष कैद तथा रु. १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ । त्यस्तै आज भ.न.पा.–९, दत्तात्रयमा डोर टोली खटिने भएको जानकारी भक्तपुर उद्योग वाणिज्य संघका सचिव एवं अनुगमन समितिका संयोजक विश्वराम दुवालले जानकारी दिए ।



...

All Comments.......


Please Login/Register To Comments