भक्तपुर । वागमती प्रदेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले भक्तपुरको कटुञ्जेमा संचालन गरेको मुटु र कलेजो सम्वन्धि निःशुल्क शिविरको शुभारम्भ गर्दै जनताको स्वास्थ्य समस्याप्रति पार्टीले जिम्मेवार भएर स्वास्थ्य शिविर सञ्चालन गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले यस्तै जनतासँग नजिक भएर पार्टीका नेता तथा कार्यकर्ताहरु जनताको समस्याहरुको समाधानमा लाग्नुपर्ने पनि बताउँनुभयो ।
नेपाली कांग्रेस भक्तपुर जिल्लाको सुर्यविनायक नगर समितिले सोमवार वडा नं. ५ कटुञ्जेमा मुटु र कलेजो सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहकार्य र प्राविधिक सहयोगमा आयोजित शिविरमा २ सय जनाले मुटु तथा कलेजो परीक्षण गराएको नगर समितिले जनाएको छ ।
शिविरमा सुर्यविनायक नगर समितिका सदस्य डा. सुशिल राज केसी र केन्द्रका डा. गौरव पन्त तथा किसन कुमार कुस्वाहको नेतृत्वमा डा. पारस कोइराला, डा. वि एन खत्री, डा. गोपाल सुवाल, डा. सञ्जिव कुमार साह तथा स्वास्थ्यकर्मीहरु निरु सुवाल, सोनिया गिरी, विकास वाडे, अच्युत केसीलगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा निःशुल्क भिडियो एक्सरे, ईसिजी, ईको गरिएको नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
हाल नेपालमा बढदो वातावरणिय प्रदुर्षण तथा बिभिन्न केमिकलयुत्त खानपानका कारण हाल अत्याधिक रुपमा गम्भिर प्रकृतिका नसर्ने रोगको प्रकोप बढेकोले जनस्वास्थ्यलाई मध्यनजर गदै निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको नगर सभापति निशान ढुंगेलले बताउनुभयो । उहाँले समयमा रोग पत्ता नलाग्दा सर्वसाधारणले धेरै समस्या भोग्नु पर्ने, समय, पैसा र ज्यानको समेत जोखिम हुने भएकोले रोग भए छिटै पत्ता लागोस भनी आफूहरुले शिविरको आयोजना गरेको भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टीले राजनीति र विकासका कुराहरु मात्र गरेर भन्दा स्वास्थ्य शिविर जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु सञ्चालन गर्न सके जनतासँग प्रत्यक्षरुपमा पार्टीको सहकार्य र समन्वय हुनेमा जोड दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments