भक्तपुर । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता २०७८ हुने भएको छ । प्रतियोगिता आउने शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो ।
न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए । प्रतियोगिता एकदिनमै सकिने जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments