भक्तपुर । भक्तपुरमा कोरोना भाइरसका संक्रमित मंगलबार शुन्यमा झरेको छ । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको तथ्यांक अनुसार  जिल्लामा मंगलबार एकजनामा पनि कोरोना भाइरस संक्रमित भेटिएन ।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले पहिलो पटक जिल्लामा कोरोना पोजेटिभ शुन्यमा झरेको जानकारी गराए । तथापि केही हप्तादेखि पोजेटिभ भेटिने क्रम निरन्तर ओरालो लाग्दै आएको तथ्यांक उनले दिए ।
सोमबार जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएको थियो । मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकामा एकएक जना गरी सोमबार जिल्लाभरिमा कुल दुई जनामा मात्रै कोरोनो पोजेटिभ संक्रमण भेटिएको थियो । यसअघि आइतबार पनि तीन जनामा मात्रै कोरोना संक्रिमित भएको भेटिएको थियो । उक्त दिन भक्तपुरमा एकजना र मध्यपुर थिमिमा एकजना गरी दुई जना र एकजना सम्पर्कविहीन गरी कुल तीन जनामा कोरोना भेटिएको थियो ।  
जिल्लामा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् । पछिल्लो केही हप्तादेखि जिल्लामा कोरानो पोजेटिभ हुने विरामीको संख्या निरन्तर रुपले घट्दै गइरहेको थियो ।



...

All Comments.......


Please Login/Register To Comments