भक्तपुर । पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने नाराका साथ भक्तपुर नपाको आयोजनामा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा भएको नगरव्यापी पछिमा बाजा प्रतियोगिता २०७८ को उद्घाटन भयो ।
प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र जनताको राय सुझावअनुरुप यस वर्षनगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
नयाँ पुस्तालाई परम्परागत ज्ञान सीप हस्तान्तरण गर्ने हिसाबले नगरपालिकाले विविध गतिविधिहरुलाई जोड दिँदै आएको बताउनुहुँदै उहाँले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई सार्थक तुल्याउन सम्पदा संरक्षणमा विशेष प्राथमिकतामा राख्दै आएको हो भन्नुभयो ।
उद्घाटन कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्ता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताउनुभयो ।
पछिमा बाजा प्रतियोगिताको उद्घाटन¥याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ दत्तात्रयमा बेलुन उडाएर सुरु गर्नुभएको थियो । ¥याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मडी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरु, टीम, क्लब, पुस्तकालय, संघ संस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरु र सहभागी सांस्कृतिक टोलीहरुको सहभागिता रहेको थियो ।
¥याली सुरु हुनु अघि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो । भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगितामा नगरभित्रका ३५ वटा पछिमा बाजा समूहहरुलेदर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएका थिए ।

पछिमा बाजा प्रतियोगिता २०७८ का सहभागी बाजा समूहहरु यसप्रकार छ ः
१.     महेश्वरी बांसुरी बाजा समूह (ख), भ.न.पा ७
२.    बालाखु बा“सुरी बाजा समूह, भ.न.पा २
३.    लोकेश्वर सांस्कृतिक समूह    , भ.न.पा २   
४.    महाकाली नाच खर्बुजा समूह, भ.न.पा ३   
५.    सिद्धि गणेश बा“सुरी बाजा, भ.न.पा ७   
६.    महाकाली प्याखं मुस्याख्व समूह,    भ.न.पा ३   
७.    श्री नगांचा बा“सुरी बाजा समुह, भ.न.पा १०   
८.    गछें दाफाभजन समूह, भ.न.पा ९   
९.    मुक्ती संगीत प्रशिक्षण केन्द्र, भ.न.पा ५   
१०.    देवी प्याखं,    भ.न.पा ४   
११.    खिंछे दाफा भजन खल, भ.न.पा ५   
१२.    याछें गणेश नौ बाजा दाफा भजन, भ.न.पा ६   
१३.    श्री चोछें छुमा गणेश बा“सुरी बाजा खल, भ.न.पा ६   
१४.    डम्बरेश्वर बाजा खल भजन मण्डल,    भ.न.पा ७   
१५.    झिगु ख्वप बचत बांसुरी बाजा,    भ.न.पा ७   
१६.    श्री नित्यनाथ बा“सुरी बाजा खल,    भ.न.पा १०   
१७.    लाकोलाछें जालांचा बा“सुरी बाजा    , भ.न.पा ४   
१८.    छुमा गणेश तुछीमला ढल्चा भजन, भ.न.पा ६
१९.    हरिभजन दाफा ब्यासी (क), भ.न.पा २
२०.    श्री कविलाश नृत्य नाथ बा“सुरी, बाजा समूह, भ.न.पा ४
२१.    हरिभजन दाफा ब्यासी (ख), भ.न.पा २
२२.    वाकुपति नारायण नौ दाफा भजन (क), भ.न.पा ९
२३.    महेश्वरी बांसुरी बाजा समूह (क)    , भ.न.पा ७
२४.    साकोलान ङखगुला“ बाजा खल,    भ.न.पा ९
२५.    तचपाल मको गल्ली बाजा समूह,    भ.न.पा ९
२६.    वाकुपति नारायण नौ दाफा भजन (ख), भ.न.पा ९
२७.    भक्तपुर बचत तथा ऋण सहकारी संस्था, भ.न.पा ९
२८.    नास हैमा बाजा खल, भ.न.पा १
२९.    त्वचा गुरु गणेश समूह, भ.न.पा ९
३०.    कमिचा गल्ली बा“सुरी बाजा समूह, भ.न.पा ९
३१.    समृद्धि कृषि सहकारी संस्था लि. , भ.न.पा ९
३२.    पासा पुचः समू, भ.न.पा ९
३३.    छुमा गणेश बा“सुरी बाजा, भ.न.पा ६
३४.    आकास भैरव नौ बाजा भजन गुठी, भ.न.पा ४
३५. सनराइज बाँसुरी बाजा खलः, भनपा ८



<!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 9]><xml> Normal 0 false false false EN-GB X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin:0cm; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->...

All Comments.......


Please Login/Register To Comments