भक्तपुर । भक्तपु्ुर उद्योग बाणिज्य संघ र अजोड इन्स्योरेन्स कम्पनी लि.बीच आपसी सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीवन वीमा सेवा उपलब्ध गराउन सहमती भएको छ । सोही कार्यक्रममा “उद्योग व्यवसायमा वीमाको आवश्यकता र फाइदा” बिषयमा अन्तरक्रियासमेत भएको थियो ।
कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले यस समझदारीबाट संघका सदस्यहरुले सहज रुपमा वीमा सेवा प्राप्त गर्नसक्ने बताउनुभयो । वहाँले उद्योग व्यवसाय सञ्चालन गर्दा आउनसक्ने विभिन्न दूर्घटनाको अवस्थाहरुबाट राहत पाउनको लागि वीमा अपरिहार्य रहेको बिचार राख्नुभयो ।
सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भक्तपुर जिल्लाका उद्यमी व्यवसायीहरुसंग सहकार्य गर्न यस समझदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । छोटो समयावधीमै उत्कृष्ट दशमा पर्न सक्षम यस कम्पनीले आफ्नो सेवामा कुनै कसर नछोड्ने पनि बताउनुभयो ।  
उक्त अवसरमा इन्स्योरेन्स कम्पनीका का.मु. सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालको बर्तमान परिप्रेक्षमा वीमाको महत्व र यसको आवश्कताबारेमा प्रकाश पार्नु भएको थियो भने वीमाका विभिन्न प्रकृयाहरुबारे पनि जानकारी गराउनु भएको थियो । कार्यक्रका संयोजक तथा संघका महासचिव दिनेश गोसाईले कार्यक्रमको महत्व र उद्यमी व्यवसायीहरुको लागि वीमाको आवश्यकतालाई मध्यनजर गरी यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो । करिब ८० भन्दा बढी उद्यमी व्यवसायीलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैँया धौवन्जाले पनि बीमा सम्बन्धी आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष शिव प्रसाद मानन्धर तथा अजोड इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत कुमार बहादु्र खत्रीले समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments