भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा स्वास्थ्य सामाग्रीहरु, ह्वील चेयर र आवश्यक स्वास्थ्य सामाग्री खरिदको लागि आर्थिक सहयोग रु. १ लाख ५१ हजार ५ सय १ रुपैयाँ प्राप्त भएको छ ।
भक्तपुर नपा वडा नं. ९ का निवासी रामप्रसाद प्रजापतिले आफ्नो छोरा नुग एन्जेल प्रजापतिको ब्रतबन्धको अवसरमा उक्त सहयोग रकम भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा स्वास्थ्य सामाग्रीहरु खरिद गर्नको लागि आर्थिक सहयोग गर्नुभएको हो । उक्त रकम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई २०७८ फागुन १८ गते हस्तान्तरण गरिएको थियो । प्राप्त सहयोग रकममा अस्पतालको तर्फबाट रकम थप गरी मेडिकल रेफ्रिजेरेटर खरिद गरी अस्पतालको फार्मेसीमा औषधी स्टोर गरिएको अस्पताल स्रोतले जनाएको छ ।...

All Comments.......


Please Login/Register To Comments