काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा कुन पार्टीले कति क्षेत्रमा वा कतिवटा स्थानीय तहमा निर्वा्चिचत हुने आकंलन गरेका छन् त भन्ने बारेमा एउटा महत्वपूर्ण सूचना प्राप्त भएको छ । सो सूचनालाई आधार मान्ने हो भने मुलुकको राजधानी एवम् काठमाडौँ उपत्यकाको असाध्यै महत्वपूर्ण मानिएको काठमाडौँ महानगरपालिकामा सरकारको प्रमुख घटक नेपाली काँग्रेसको अवस्था सबैभन्दा मजबूत मानिएको छ ।
हालसम्मको सूचनाअनुसार काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजय हासिल गर्ने जनाइएको छ । मेयरमा काँग्रेसलाई दिएर उपमेयर नेकपा(माओवादी केन्द्र)ले लिने अनुमान गरिएको छ । मेयरमा काँग्रेसले जिते पनि ३२ वटा वडा मध्ये १४ वटा वडाका माओवादी केन्द्रले वडा अध्यक्षमा विजयी हुने देखिएको छ । यस्तै १२ वडामा काँग्रेस विजयी हुने देखिएको छ । बाँकी रहेकामा भने एमालेले जित्ने देखिएको छ ।
काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा भने एमाले र काँग्रेसकोबीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमा चुनावको दिन सम्म तलमाथि नभए काँग्रेसले तीन र एमालले चार नगरपालिकामा विजयी हासिल गर्ने जनाइएको छ । हालसम्मको अवस्थालाई हेर्दा काँग्रेस पहिलो, दोस्रो एमाले तेस्रो शक्तिमा माओवादी सिमित हुने अनुमान गरिएको छ । राप्रपाले अलिक जोडबल गरे काठमाडौँ जिल्लामा चौथो शक्तिका रुपमा झर्ने देखिएको छ ।
उता भक्तपुरमा भने नेमकिपा नै पहिलो हुने सो अध्ययनले देखाएको छ । भक्तपुर नगरमा पुरै टिम लगायत सूर्यविनायक नगरपालिकामा मजदुर किसान पार्टीले मेयरमा जित्नेछ भने ६ वटा वडा उसको भागमा जाने देखिन्छ । बाँकी रहेका ४ वडामा माओवादी , एमाले र काँग्रेसकाबीचमा भागवन्डा हुने देखिन्छ । यस्तै थिमी नगरपालिकाको मेयर उप मेयर कांग्रेसको पोल्टामा गएपनि वडाहरु मा ३ वडा नेमकिपाले ३ वडा एमालेले ३ काँग्रेसले पाउने देखिएको छ । भक्तपुरको चार नगर मध्य चाँगुनारायणमा भने राप्रपा र नेमकिपा उस्तै वलियो शक्तिका रुपमा देखिएको छ भने नेपाली काँग्रेस तेस्रो एमाले चौंथो त्यस्तै सत्तासिन माओवादी भने अन्तमा देखिएको छ । चाँगुनारायणका ३ वडा राप्रपा ३ नेमकिपा र ३ वडा काँग्रेस एमालेको भागमा आउने देखिन्छ ।
उता ललितपुरमा काँग्रेस , एमले र माओवादी केन्द्रबीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर महानगरमा भने माओवादी केन्द्र नै अगाडि रहेको छ । सो महानगरमा काँग्रेस र एमालेबीच दोस्रोका लागि प्रतिस्पर्धा हुने सूचना प्राप्त भएको छ । सुरक्षा निकाय र एक गोप्य रुपमा गरिएको अनुसन्धानमा ललितपुरमा काँग्रे पहिलो, दोस्रोमा एमाले र तेस्रोमा माओवादी देखिएको छ ।
धादिङमा भने नेपाली काँग्रेस अगाडि रहेको छ । नुवाकोटमा काँग्रेस एमाले र माओवादी केन्द्रकैबीचमा प्रतिस्पर्धा हुने देखिएको अध्ययनले देखाएको छ । रसुवामा नयाँ शक्तिका प्रेम तामाङको केही प्रभाव भएपनि एमाले काँग्रेस र माओवादी केन्द्रबीचमा नै प्रतिस्पर्धा हुने छ । काभ्रेपलान्चोकका धुलीखेल नगरपालिकाको मेयर नेपाली काँग्रेसलेको पोल्टामा पर्ने देखिएको छ भने पनौती नगरपालिका माओवादी केन्द्र तेस्रो हुने देखिएको छ ।
पाँचखाल नगरपालिकाको बारेमा भने काँग्रेसको वोली वलाउ नै वलियो देखिए पनि एमाले र काँग्रेस माओवादीको चर्को प्रतिश्पर्दा पर्ने भएका कारण अहिल्यै केही भन्न नसकिने उक्त अनुमानमा जनाइएको छ ।


...

All Comments.......


Please Login/Register To Comments