भक्तपुर । भक्तपुरको तुछिमलास्थित श्री छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिन्धुपाल्चोक चौतारा गौरती भिमसेनको प्रागणमा कार्यक्रम गरी सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय उपाध्यक्ष तथा श्री छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार गोविन्द दुवालले समाजलाई परिवर्तन गर्न सहकारीहरुले भुमिका खेल्नुपर्ने जानकारी गराए । उनले सरकारले देशमा ८५ प्रतिशत किसानहरुलाई ध्यान नदिएकै कारण आज खाद्यान्न महंगीले आकास छोरेको बताए ।

कार्यक्रममा संस्थाका सचिब जुजुभाई अवालले संस्थाको ६ मिहना भित्र भएका प्रगति विवरण सदस्य माझ प्रस्तुत गरेका थिए ।
त्यस्तै संस्थाका कोषाध्यक्ष कृष्णसुन्दर अवालले पुषमसान्त सम्मको आर्थिक विवरण पेश गरेका थिए । संस्थाका संचालक सदस्य तथा उपसमििितका संयोजक बाट आ आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिद्धिराम अवालले  भने संचालकहरु संस्थाका सदस्यहरुको नोकर हो मालिक होइन । अवालले संस्थाको विकासका लागि गर्नुपर्ने सल्लाह सुझाव दिन अनुरोध गरेको थियो। कार्यक्रममा उपाध्यक्ष भुपेन्द्रप्रसाद नेपाली, कार्यलय सहायक विनु अवाल र अन्य सहरकारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments