भक्तपुर । भक्तपुरमा शुक्रबार सन्ध्याकालीन सांस्कृतिक पदयात्रा गरिएको छ । भक्तपुर नपा वडा नं. १० कमलविनायकस्थित बारे पुखुबाट सन्ध्याकालीन सांस्कृतिक पदयात्रा सुरु भएको थियो ।
सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा सुरु हुनु अगाडि भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका सदस्य प्रेमगोपाल कर्माचार्यले पछिल्लो समयमा भक्तपुरमा आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको बताउनुहुँदै भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरु नै यहाँको अमूल्य सम्पत्ति भएको बताउनुभयो ।
त्यस्तै भक्तपुर नपा पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर आउने पर्यटकहरुको आकर्षण बढिरहेको अवस्थामा सही र उचित सूचना उपलब्ध गराउनु नै पर्यटक सूचना तथा सेवा केन्द्रको प्रमुख उद्देश्य रहेको बताउनुहुँदै यसबाट भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन टेवा पु¥याउनेछ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सुरु भएको सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुर नपा वडा नं. १० कमलविनायकको बारे पुखु, नवदुर्गा द्यो छेँ, चोफल, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, तालाक्व, इछु, लायकू (दरबार क्षेत्र), खौमा, इन्द्रायणी हुँदै भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रमा पुगी सभामा परिणत भएको थियो ।
पदयात्राको क्रममा धाँ बाजा, माक प्याखं र पछिमा बाजाको टोली रहेको थियो भने भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर नपा र पर्यटक सूचना केन्द्रका कर्मचारीहरु, पर्यटक प्रहरी, पथ प्रदर्शक, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments