हरेक वर्ष मार्च २२ तारिकका दिन विश्व भरि नै विश्व पानी दिवस मनाइदै आइरहेको छ । सोही उपलक्ष्यमा स्वच्छ तथा सुरक्षित खानेपानी, स्वच्छता र सरसफाईलाई एकै छाता मुनि राखेर आज विश्व पानी दिवसको अवसरमा गैर सरकारी संस्था गुथि, का.म.पा. वडा नं. ११ तथा एरोसानको सहकार्यमा त्रिपुरेश्वर स्थित सार्वजनिक शौचालयमा हात धुने सचेतना कार्यक्रम आयोजना गरेको थियो ।
कोभिड १९ को महामारीले विश्वकै मानिसहरुलाई संक्रमण पछि उपचार गर्नु भन्दा पहिल्यै रोग लाग्न दिनु हुदैन भन्ने सरसफाईको महत्व बारे बुझाएको छ । जसमा सही तरिकाले हात धुनु भनेकै विभिन्न रोगको संक्रमणको जोखिमबाट जोगिनु हो भन्ने शिक्षा दिएको छ ।  
खानेपानी, स्वच्छता र सरसफाई क्षेत्रको चुनौतीलाई आत्मसाथ गर्दै त्रिपुरेश्वरमा निर्मित अत्याधुनिक सार्वजनिक शौचालयलाई केन्द्रमा राखि विद्यार्थि, शिक्षक, शौचालय प्रयोगकर्ता तथा पैदल यात्री र सवारी कुर्दै रहेका मानिसहरुमा संक्रमण पछि उपचार गर्नु भन्दा पहिले नै रोग लाग्न नदिनु आवश्यक रहेको सचेतना हात धुने तारिका सिकाइएको थियो ।
काठमाडौ र ललितपुर महानगरपालिकाको ६ स्थानमा अत्याधुनिक सुविधा सम्पन्न स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र वातावरण मैत्री सार्वजनिक शौचालयको सुविधा दिदै आएको एरोसान सस्टेनेवल स्यानिटेसनले आवश्यक पानी व्यवस्थापनका लागि आकासेपानी संकलन तथा फोहोर पानीलाई प्रशोधन गरि पुनः प्रयोग गर्दै आइरहेको छ । यसका साथै शौचालयमा स्वचालित उपकरणहरुको जडानले संक्रमण न्यूनिकरण गर्दै आएको अवस्थामा शौचालय प्रयोगकर्ताहरुलाई सरसफाई सम्बन्धि विभिन्न कार्यक्रम अन्तर्गत हात धुने तरिकाका बारेमा आज त्रिपुरेश्वर स्थित सार्वजनिक शौचालयमा सचेतना कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकारले सहि तरिकाले हात धुने वानी सबैमा हुन जरुरी रहेको बताउँदै कोभिड १९ जस्तो महामारीबाट बच्न मात्र नभइ हरेक दिन स्वस्थ, सुरक्षित र सफा रहन पनि सहि तरिकाले हात धुने वानी बसाल्न जरुरी रहेको बताए ।
गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले विगत २० वर्ष देखि बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पानी तथा सरसफाई क्षेत्रमा काम गर्दै आएका छन् । हात धोएर विभिन्न रोगको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुरा सुन्दा सानो कार्य जस्तो लाग्दछ तर यही बानीको कारणले विभिन्न रोगको संक्रमणबाट बच्न सकिन्छ । अझै पनि यो सरल बानीको सचेतना मानिसहरुमा आएको देखिन्न र यसको सचेतना कार्यक्रम कोभिड १९ जस्तो महामारीबाट बच्न निक्कै आवश्यक छ ।

...

All Comments.......


Please Login/Register To Comments