भक्तपुर । मदिरा व्यवसायी संघ भक्तपुरको अध्यक्षमा जीवन छुस्याकी चुनिएका छन् । संघको शनिबार भक्तपुरमा सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले छुस्याकीको अध्यक्षतामा नौ सदस्यीय नयाँं कार्यसमिति चुनिएको होे । छुस्याकी यसअघि उपाध्यक्ष रहेका थिए ।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा कृष्णराम खोजु, सचिवमा सरोज खिमु श्रेष्ठ र कोषाध्यक्षमा विश्वनाथ हेङ्गजु निर्वाचित भएका छन् । साथै सदस्यहरुमा शिवसुन्दर श्रेष्ठ, मुकण्दवहादुर प्रधानाङ्ग, ओम मल्ल, बलवहादुर श्रेष्ठ र विनोद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।

...

All Comments.......


Please Login/Register To Comments