स्याङ्जा÷नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी जिल्ला समिति स्याङ्जाको आयोजनामा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङस्थित तमु भवनको हलमा हिजो सम्पन्न भयो । लामो समयदेखि राष्ट्रघाती एमसीसी विरुद्ध आन्दोलनरत माओवादी समाजवादी लगायतका ६ दल दुई मोर्चा मध्ये माओवादी समाजवादी हाल देशभर एमसीसी विरुद्धको अभियानसहित संगठन विस्तारमा देश दौडाहामा देखिन्छ ।
स्याङ्जाको वालिङमा भएको एमसीसी विरुद्धमा आयोजना गरिएको उक्त पार्टीको जिल्ला भेला र प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि माओवादी समाजवादीका केन्द्रीय सचिब तथा प्रवक्ता अरुण घिसिङले भेलालाई  सम्बोधन गर्दै एमसीसीको पक्षमा उभिएका कांग्रेस, एमाले र माओवादी केन्द्रको उम्मेदवारलाई ठाउँको ठाउँमा हिसाबकिताब गर्न कार्यकर्तालाई निर्देशन दिनु भयो । प्रवक्ता घिसिङले एमसीसी जस्ता राष्ट्रघाती अमेरिकी परियोजनालाई पास गरेर राष्ट्रिय स्वाधीनता माथि कुठाराघात गरेको र व्याख्यात्मक घोषणाको नाममा जनतालाई दिग्भ्रमित पार्दै राष्ट्र र जनता माथि धोका दिएको आरोप लगाए । प्रवक्ता घिसिङले देश र जनताको हितका खातिर एमसीसी पक्षधर पार्टीलाई स्थानीय निर्वाचनबाट धुलो चटाउन आमा जनलालाई आह्वान समेत गर्नु भयो ।
उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा तमुवान गण्डक प्रदेश इन्चार्ज भोजराज त्रिपाठीले शुभकामना मन्तव्य र इश्वर  शास्त्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । भेलाले भोवन सिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय स्याङ्जा जिल्ला समिति चयन गर्दै माओवादी समाजवादीको स्याङ्जामा पार्टीको बलियो उपस्थिति देखाएको छ । भोवन सिंह गुरुङको सभापतिमा भएको भेला तथा प्रशिक्षण कार्यक्रम बाबुराम मिजारको सञ्चालनमा सम्पन्न भएको थियो ।...

All Comments.......


Please Login/Register To Comments