काठमाडौ । नयाँं वर्ष २०७९ को शुभ अवसरमा रानीपाटी टोल सुधार उपभोक्ता समिति काठमाडौको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव गु्रप प्रा.लि. काठमाडौंको व्यवस्थापनमा काठमाडौंको नागार्जुनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव–२०७८÷७९ हुने छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिइएको छ ।
प्रथम नागार्जुन रानीपाटी महोत्सव–२०७८÷७९ संयोजक शेखर श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी स्टलहरु राखिने भएको जनाए । स्टलको साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराइने उनले जनाए ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ता कपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीको प्रदर्शनी गरिने जनाइयो ।  त्यसैगरी महोत्सवमा बिक्री हुने सामानहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने सम्मेलनमा जनाइयो ।
मनोरञ्जनको लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, ब्रेक डान्स, नाउँ, सर्कस, बालबालिकाहरुको खेलौना, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको हांस्यव्यग्य तथा गीतगायनको बेजोड प्रस्तुति रहने जनाइएको छ ।
नयाँ २०७९ को पूर्व सन्ध्या अर्थात २०७८ चैत २८ गतेबाट सुरु हुने मेला  २०७९ बैशाख १५ गते सम्पन्न हुने जनाइयो । महोत्सवमा ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट आसपास जिल्लाका बासिन्दाहरुलेसमेत लाभ लिन सक्ने विश्वास गरिएको छ ।
महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुलाई रु.५०।– र अन्यका लागि रु.७०।– प्रवेश शुल्कको व्यवस्था गरिएको छ  । वृद्धवृद्धाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
सम्मेलनमा नार्गाजुन नगरपालिकाका मेयर भैरबबहादुर वस्नेतले महोत्सवले नागार्जुन नगरपालिकाको चिनारी वढ्नुका साथै स्थानीयहरुको उत्पादनमा थप बजार पाउने विश्वास व्यक्त गरे ।

...

All Comments.......


Please Login/Register To Comments