भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गर्दा तराजु नविकरण नभएको र म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरेको बताउनु भयो ।
अनुगमनमा सिद्ध पोखरी किराना पसल दर्ता प्रमाणपत्र सबैले देखिने गरी पसलमै राख्न, साइनबोर्ड राख्न, मुल्य सुचि राख्न, म्याद नाघेको सामानहरु छुट्याएर छुट्टै राख्न, म्याद नाघेको सामानहरु नेष्टलेको एभरिडे दुध १ पाकेट, छोटे छोटे मिनि पापड ३ पाकेट, शक्ति ध्यु ३ पाकेट, पैचो मिक्स अचार १ पाकेट, आलु भुजिया १ पाकेट, म्याजिक मसल १ पाकेट जफत गरी नष्ट गर्न निर्देशन दियो ।
सुनिल स्टोरमा साइनबोर्ड राख्न, मुल्य सुचि राख्न, प्याकेजिड्ड सामानहरु खाद्यको आनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो ।
एस स्टोर किरान पसलमा दर्ता भएकोले मिनि मार्टमा अपडेट गर्न, तराजु नापतौल विभागमा नाविकरण गर्न, मुल्य सुचि राख्न, प्याकेजिड्ड सामानहरु खाद्यको आनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, जगदम्बा धनिया धुलोमा लेबलमा म्याद नाध्ने मिति नभएको ६ पाकेट र म्याद नाघेको सामानहरु उपकार टिमुर ३ पाकेट, ट्रिकर च्वाइस विस्कुट ९ पाकेट, २०२० कुकिज विस्कुट ठूलो ९ पाकेट र सानो ९ पाकेट जफत गरी नष्ट गरियो ।
भाजु पोखरी किरान पसल दर्ता नविकरण गर्न, मुल्यसुचि राख्न, साइनबोर्ड राख्न निर्देशन दियो भने नसाः छें पसल दर्ता नभए तीन दिन भित्र दर्ता गर्न र दर्ता भए प्रमाणपत्र पसलमा सबैले देखिने गरी राख्न निर्देशन दियो साथै उषा व्यूटिपार्लर दर्ता नभएकोले त्यहीं दर्ता गरायो । सिद्धपोखरी कफि एण्ड वेकरी हाउस लगायत पसल अनुगमन गरिएको व.नि.रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरु हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जन खाइतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक दिपक भारती, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजु त्वानाबासू, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“को सहभागी थियो ।


...

All Comments.......


Please Login/Register To Comments