भक्तपुर÷सुर्यविनायक ९ भाते ढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अहिलेको अवस्थामा विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत अभिमुखिकरण कार्यक्रम आवश्यक रहेकाले मदरल्याण्ड स्कूलले एकदिने अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो । मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिभावक प्रशिक्षण कार्यक्रम कोभिड १९ को कारण २ वर्ष रोकिए पनि पुनः निरन्तरता दिदै आगामि चैत्र १९ गते अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल संजय खड्काले जानकारी दिए ।
बदलिँदो परिस्थिति तथा कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर “अनुकरणीय अभिभावक एवम् सचेतता“ विषयक अभिमुखिकरण–२०७८ कार्यक्रम विद्यालयले जगातीमा रहेको महेश्वरी बैंकेटमा आयोजना गर्न लागेको विद्यालयले जनाएको छ ।
अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न फलदायी हुने बताउँदै अभिभावकले पढपढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउदै अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरी उनीहरुको मनोभावना अनुसार बालबालिकालाई गलत बाटो लाग्नबाट जोगाउन अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको समेत खड्का बताउँछन् ।
शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने योजना रहेको प्रिन्सिपल खड्काले बताए ।
नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष समेत रहनु भएका प्रिन्सिपल संजय खड्काले आउने शैक्षिक वर्ष २०७९ देखि नेशनल प्याव्सन भक्तपुर अन्तर्गत “पूर्व प्राथमिक तह स्तरोन्नति” कार्यक्रम मदरल्याण्ड स्कुलमा लागु गरी पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा अभिभावकको आर्थिक क्षमतालाई पनि ध्यानमा राखी संचालन गर्ने बताउनु भयो !  
हाल ४ कोठा घरमा खेल्ने सामग्री देखाउँदै किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकहरुलाई मार परेको बताउदै खड्काले यस तर्फ अभिभावक सचेत हुनु पर्ने समेत बताउनु भयो
...

All Comments.......


Please Login/Register To Comments