भक्तपुर । भक्तपुरको ताथलीमा गरिएको अवैध प्लटिङको ढिस्को खस्दा शुक्रबार दुईजनाको घटनास्थलमै मृत्युु भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको नालाछापमा गरिएको प्लटिङको ढिस्को खस्दा काभ्रेका दुई जनाको ज्यान गएको हो ।
साँझ करिब ५ बजे काम गरिरहेको ढिस्को खस्दा काभ्रेको रोसी गाउँपालिका ५ का चतुरसिङ लामा र चौरी देउराली गाउँपालिकाका वसमान तामाङको ज्यान गएको हो ।
सोही ठाउँमा सँगै काम गरिरहेका गजबसिं लामाले आफ्ना सहकर्मीको पुरिएर मृत्युु भएको बताए ।
सो घटना भएपछि स्थानीय तथा पीडितले क्षतिपूर्तिको मागसहित आन्दोलन गरिरहेका छन् । प्लानिङ गर्ने चम्पा श्रेष्ठ सम्पर्कमा नआएको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments