भक्तपुर । इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (इन्द्रायणी साकोस) ले शनिबार रक्तदान तथा स्वास्थ्य शिविर आयोजना सम्पन्न गरेको छ । भक्तपुर वडा नं २ को हाकुफो हिटिचोकमा संस्थाको १४ औं स्थापना दिवसको अवशर  पारेर उक्त कार्यक्रम आयोजना गरेको हो । खुल्ला रक्तदान कार्यक्रममा (इन्द्रायणी साकोस) का सदस्य सहित अन्य स्थानीयहरुको समेत सहभागिता रहेको छ ।

रक्तदान कार्यक्रममा महिला र पुरुष सहित ६० जनाले रक्तदान गरेका छन् । त्यस्तै महिलाहरुको पाठेघर चेक जाँच शिविरमा ७० जनाले सहभागिता जनाएको छ । साकोसका अध्यक्ष गोपाल श्यामाका अनुसार साकोसले आयोजना गरेको यो चौधौं रक्तदान कार्यक्रम हो । साकोसको सामाजिक दायित्व अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको साकोसले जनाएको छ । इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६५ सालमा स्थापना भइ सहकारी सेवा प्रदान गर्दै आएको छ ।
...

All Comments.......


Please Login/Register To Comments